टिभिएसको अपाचे आरआर ३१० भारतमा सार्वजनिक



अपाचे आरआर ३१० को अपडेटेड मोडल भारतमा सार्वजनिक भएको छ ।

अपाचे आरआर ३१० मोडललाई सबैभन्दा पहिला २०१७ मा लञ्च गरिएको थियो । यसपछि २०१९ मा पहिलोपटक यसको स्लिप÷असिस्ट क्लचलाई अपडेट गरिएको थियो । साथै, नयाँ पेन्ट स्कीम पनि यसमा थपिएको थियो ।

दास्रो पटक २०२० को शुरुवातमा टिभिएसले ‘बीएससिक्स अपाचे आरआर ३१०’ ल्याएको थियो । टीएफटी डिस्प्ले, राइडिङ मोड, रिफाइनमेन्टमा सुधार गर्दै यसमा मिसलिन रोड–५ टायरको प्रयोग गरिएको थियो ।

शुरुवातका दुई महिनामा लिमिटेड नम्बर १५० युनिटमा नै बाइक उपलब्ध हुनेछ । बाइक अनलाइनबाट पनि बुकिङ गर्न सकिन्छ । ‘२०२१ अपाचे आरआर ३१०’ अपडेटेड बाइकको मूल्य भारतमा २ लाख ५० हजार भारु तोकिएको छ । यो पहिलो मोडलको तुलनामा ५ हजार भारुले महंगो हो ।

यो प्रिमियममा अप्सनल कीट हुनेछ । बाइक स्टार्ट गर्नका लागि एक्जस्ट सिस्टम रिडिजाइन गरिएको छ । टिभिएसले यसमा रेसियर एक्जस्ट नोट पनि दिएको छ ।

दोश्रो स्ट्यान्डर्डमा टीएफटी इन्स्ट्रयुमेन्ट क्लस्टरसँगै डिजिटल डकुमेन्ट स्टोरेज, ट्रीप मिटर र ओभर स्पिड इन्डिकेटरपनि उपलब्ध हुनेछ । यसका साथै टिभिएसमा दुईवटा अतिरिक्त कीटपनि पाइनेछ ।

रेस कीटको मूल्य ५ हजार भारु भएपनि डाइनमिक कीटको मूल्य भने १२ हजार भारु छ । नयाँ रेस रेप्लिका ग्राफिक्स स्कीमको मूल्य ४५ सय भारु छ । रेड आयल ब्हीलका लागि भने अतिरिक्त १५ सय भारु तिर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु