ग्राण्डी सिटी अस्पतालमा नेपाल फाइनान्स




काठमाडौं । नेपाल फाइनान्सको नयाँ विस्तारति काउण्टर कान्तिपथ स्थित ग्राण्डी सिटी अस्पताल परिसरमा सञ्चालनमा आएको छ । विस्तारित काउण्टरको उद्घाटन फाइनान्सका संचालक दिप्रश शाक्य गरे ।

निजी क्षेत्रको लगानीमा नेपालको पहिलो फाइनान्स कम्पनीको रुपमा विस २०४९ सालमा स्थापना भएको हो । वित्तीय संस्थाको हाल काठमाडौ महानगरपालिका–२८ कमलादीमा केन्द्रिय कार्यालय सहित ललितपुरको पुल्चोक, काभ्रेपलाञ्चोकको बनेपा, रुपन्देहीको मुर्गिया र नवलपुरको गैंडाकोटमा, कास्कीको माछापुच्छ«े गाउँपालिकामा शाखा कार्यालय संचालनमा ल्याइसकेको छ ।

भने, जनकपुरको धनुषाधाममा यही असारभित्रै शाखा संचालन गर्ने र काठमाडौंको कालिमाटीमा दोश्रो विस्तारित काउण्टर संचालनको तयारीमा रहेको जनाएको छ ।


क्लिकमान्डु