स्मार्ट टेलिकमको सिममा २ मिनेटको कुराकानी पछि ब्यालेन्स नकाटिने



काठमाडौं । स्मार्ट टेलिकमले ‘दुई पछी फ्री’ अफर ल्याएको छ । यस अफर अन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ तत् पश्चात २ मिनेटको सबै अनिलिमिटेड कुराकानी निःशुल्क हुनेछ ।

यस अफरबाट प्रयोगकर्ता माझ लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा यस अफरले प्रगोगकर्तमा उत्साह र उमंग आउने विश्वास लिएको छ । यस अफरमा सहभागी हुन प्रयोगकर्ताले स्टार१४१स्टार१स्टार५स्टार१ह्यास डायल गर्नुपर्ने हुन्छ ।


क्लिकमान्डु