नोकिया जी२० र जी १० नेपालमा, मूल्य कति ?



काठमाडौं । नोकिया जी२० र जी १० नेपालमा सार्वजनिक भएको छ । एचएमडी ग्लोबल, द होम्स अफ नोकिया फोन्सले नोर्डिक इन्जिनियरिङले नोकिया जी २० र नोकिया जी १० नेपाली बजारमा सार्वजनिक गरेको हो ।

नोकिया जी २० २ वटा रंग नाइट र ग्लेसियरमा उपलब्ध छ । ४ जीबी र्याम र ६४ जीबी रोमको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

नोकिया जी १० दुई वटा रंग नाइट र डस्कमा उपलब्ध छ । ४ जीबी र्याम र ६४ जीबी रोमको मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ । (आज) असार ३ गतेदेखि नै बिक्रीका लागि उपलब्ध भइसकेको छ ।

नोकिया जी २० ले ४८ एमपीको क्ल्यारिटी वाइडस्व्रिmनमा वा म्याव्रmो र भिडियो ओजो अडियोको साथ कैद गर्दछ । नोकिया जी २०ले एकल चार्जबाट ३ दिनको ब्याट्री लाइफ प्रदान गर्दछ ।
हातको हत्केलामा फिट हुने एक अन द गो व्रिmएटिभ स्टुडियो नोकिया जी २० ले प्रयोगकर्ताको दूरदर्शी विचारहरुलाई यसको स्टनिंग ४८ एमपीको क्वाड क्यामेरा र पर्याप्त स्टोरेजको साथ अमर बनाउन सहयोग गर्दछ ।

नोकिया जी २० को प्रभावशाली ६.५ इन्चको टिएरड्रप डिस्प्ले छ ।

नोकिया जी२० नोकिया स्मार्टफोनहरुमा उपलब्ध रहेको सिग्नेचर एन्ड्रोइड प्रमिसले समर्थित छ । यो भनेको ३ वर्षको मासिक सेक्युरिटी अपडेट हो ।जसले ग्राहकको डाटाहरुलाई सुरक्षित राख्न मद्दत गर्दछ । यसमा २ वर्षको अपरेटिंग सिस्टमको अपग्रेड छ ।


क्लिकमान्डु