असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने



काठमाडौं । सरकारले असार १ गतेदेखि भदौ मसान्तसम्म कुनै पनि बाहनामा सडक खन्न नपाइने सूचना जारी गरेको छ ।

संघीय संडक सुपरीेवेक्षण तथा अनुगमन कार्यालय, काठमाडौंले सडक खन्ने स्वीकृति नदिइने र कसैले जवरजस्तै सडक खनेको पाइएमा कारबाही गरिने जनाएको छ ।

‘वर्षायाममा धारा, ढल, बिजुली, टेलिफोनआदि प्रयोजनका लागि सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितीमा ल्याउन नसकिने र सडक पनि थप बिग्रिदै जान्छ,’ कार्यालयले भनेको छ ।

त्यसैगरी कसैले जबरजस्ती गरेमा सार्वजनिक सडक ऐन २०३१ अनुसार कडा कारबाही गरिने समेत जानकारी गराएको छ ।


क्लिकमान्डु