रियलमी-८ सार्वजनिक, मूल्य कति ?



काठमाडौं । स्मार्टफोन ब्राण्ड रियलमीले नेपाली बजारमा रियलमी ८ सार्वजनिक गरेको छ ।

रियलमी ८ मध्यम रेञ्जको सिरिज हो । ३ वर्षको अवधिमा ६ वटा जेनेरेसन अपग्रेड र ३ करोड ३० लाख युनिट बिक्री भइसकेको छ ।

रियलमी ८ मा ६४ एमपी सेन्सर र नयाँ ट्रेन्डसेटिङ फिचरहरुका साथ बजारमा ल्याइएको छ । यसमा १ हजार निट्ससम्म उच्च ब्राइटनेसको सुविधा रहेको एमोलेड सुपर डिस्प्ले राखिएको छ । ८ र्याम र १२८ जीबी स्टोरेजसहित उपलब्ध रियलमी ८ को मूल्य नेपाली बजारमा ३५ हजार ९९० तोकिएको छ ।

६४ एमपी एआई क्वार्ड क्यामेरा
रियलमी ८ को मुख्य क्यामेरा ६४ एमपी रहेको छ साथै ८ एमपीको ११९ डिग्री वाइड एंगलसहित माइक्रो र ब्ल्याक एण्ड ह्वाइट प्रोटेट लेन्स सहित चार क्यामेरा ट्रेन्डसेटिङका नयाँ फिचर छन् ।

टिल्ट–सिफ्ट मोडले वास्तविक दृश्यलाई सानो गरेर देखाउने गरी रोमाञ्चक फोटोग्राफीको आनन्द दिन सक्छ । यसैगरी नयाँ मोडले स्योरफायर ब्राइटनेसमा देखिने समस्या र फोटोमा आउने दानाहरु कम गरी गुणस्तरलाई सुधार गर्दछ । यसैगरी रियलमी ८ मा नियोन प्रोट्रेट, डायनामिक वोकेह, नयाँ एआई प्रोट्रेट र अन्य शैलीगत फिचरहरु छन् ।

१६ एमपी सेल्फी प्रोट्रेट क्यामेरामा एआई ब्युटि, प्रोट्रेट मोड र सुपर नाइटस्केप मोड छन् ।

६.४ इञ्च सुपर एमोलेड डिस्प्ले
रियली ८ मा ६.४ इन्च सुपर एमोलेड डिस्प्ले रहेकोे छ । यसमा सधैं डिस्प्ले बल्ने र फास्ट अनलकिङ लाइट सेन्सेटिभ इन–डिस्प्ले सेन्सरको पनि प्रयोग गरेको छ ।

डिस्प्लेमा १०८० पी एफएचडी रिजोलुसन र १८० हर्जको टच स्याम्पलिंग रेट प्रयोग भएको छ । सनलाइट मोडले १ हजार निट्ससम्मको ब्राइटनेस समर्थन गर्दछ । डिस्प्लेमा आँखाको सुरक्षाको डीसी–लाइक डिमिङ र न्यून ब्राइटनेसमा एन्टी फ्लिकरको प्रावधान रहेको छ ।

५००० एमएएच ब्याट्री
रियलमी ८ को साथ ३० वाट डार्ट फ्ल्यास चार्ज उपलब्ध छ जसले यसमा रहेको ५००० एमएएच् ब्याट्रीलाई मात्र ६५ मिनेटमा पूर्ण रुपले चार्ज गर्न सक्छ । यसको चार्जरमा ५ आयाम सुरक्षा प्रविधिले चार्जिङलाई पूर्णतया सूरक्षित बनाउँछ ।

रियलमी ८ मा रहेको ५००० एमएएच् ब्याटी« ४० दिन स्ट्यान्डवाइमा र निरन्तर खेल खेल्दा १० घण्टा सम्म टिक्न सक्छ । यसमा रहेको सुपर पावर सेभिङ मोडले ५ प्रतिशत मात्र रहँदा पनि २ दिनसम्म टिकाउन सक्छ । रियलमी ८ मा विभिन्न एप् जस्तै क्विक फ्रिज, स्लिप स्ट्यान्डवाइ अप्टिमाइजेसन र अन्य व्याट्री अप्टिमाइजेसन फिचर्सहरु रहेका छन् ।

यसबाट ओटीजी केवल मार्फत अन्य फोन र स्मार्ट डिभाइजलाई चार्ज गर्न समेत सकिन्छ ।

अनन्त बोल्ड डिजाइन
रियलमी ८ ले ट्रेन्डी अनन्त बोल्ड डिजाइनलाई प्रयोग गरेको छ । यो फोन २ रंग साइवर सिल्भर र साइवर ब्लाकमा उपलब्ध छ । केबल १७७ ग्राम तौलको रियलमी ८ मात्र ८ मिलिमिटर भन्दा कम मोटाइको छ ।

हेलियो जी ९५ गेमिङ प्रोसेसर
रियलमी ८–होलियो जी ९५ गेमिङ प्रोसेसिङ रहेको छ जसमा २ वटा ठुला ए७५ कोर र ६ वटा साना ए५५ कोरको प्रयोगले स्पीड २.०५ गेगाहर्ज प्रदान गर्दछ । क्वाड–कोर मालि–जी ७६ जीपीयूले गेम खेल्न थप क्षमतावान बनाउँछ। कपर लिक्विड कुलिङ प्रविधिले कुलिङ प्रभावकारितालाई रियलमी ७ को तुलनामा १४.४ प्रतिशत वृद्धि गरेको छ ।


क्लिकमान्डु