नवनियुक्त पर्यटनमन्त्रीद्वारा पदबाहाली, जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्न सिफारिस गर्ने निर्णय



काठमाडौं । नवनियुक्त पर्यटनमन्त्री उमाशंकर अगरियाले पदबाहल गरेका छन् । शुक्रबार राति नै उनले पद बाहली गरेका हुन् ।

पद बाहाली गर्दै उनले जनकपुरस्थित जानकी मन्दिरलाई विश्व सम्पदा सूचीमा सूचिकृत गरी संरक्षण, समृर्द्धन र प्रबर्द्धन गर्नुपर्नेमा जोड दिए ।

विश्व सम्पदा सूचीमा समावेश गर्न अध्ययन गरी प्रतिवेदन तयार पारी सिफारिस गर्न पेश गर्नका लागि पुरातत्व विभागका महानिर्देशक दामोदर गौतमका संयोजकत्वमा गठन गर्ने निर्णय समेत गरेका छन् ।


क्लिकमान्डु