बुध्द एयरले एटीआर ७२ द्वारा तुम्लिङटारमा सफल परीक्षण उडान



काठमाडौं । बुध्द एयरले शुक्रबार तुम्लिङटारमा सफल परीक्षण उडान गरेको छ । बुध्द एयरले एटीआर ७२ विमानबाट परीक्षण उडान गरिएको हो ।

परीक्षण उडानमा क्याप्टेन रञ्जनकुमार शर्मा तथा नागरिक उड्डयन प्राधिकरणका पदाधिकारी भोलाप्रसाद गुरागाई, डेपुटी डाइरेक्टर जनरल क्याप्टेन दधिराम निरौला, इन्स्पेक्टर फ्लाइट अपरेशनलगायत बुध्द एयरका अपरेशन तथा टेक्निकल टिमका अधिकारीहरु सहभागी थिए ।

एटीआर ७२ विमानको सञ्चालक खर्च कम हुने र यात्रु पनि बढी बोक्न सक्ने हुँदा हवाई भाडा अझ सहज र सरल हुने बुध्द एयरको विश्वास छ ।


क्लिकमान्डु