सामसङका २ ल्यापटप सार्वजनिक, मूल्य कति ?



एजेन्सी । सामसङको २ नयाँ ल्यापटम ग्यालेक्सी बुक गो र ग्यालेक्सी बुक गो ५जी सार्वजनिक भएको छ ।

ग्यालेक्सी बुक गो ल्यापटप वाईफाई र एलटीई भर्जनमा उपलब्ध छ । यो क्वालकम स्न्यापड्रागन ७सी बेस्ड ल्यापटप हो । ग्यालेक्सी बुक गो ५जी ल्यापटम सेकेन्ड जेनेरेसन क्वालकम स्न्यापड्रागन प्रोसेसर सर्पोटका साथ उपलब्ध छ ।

स्पेसिफिकेसन
ग्यालेक्सी बुक गो ल्यापटपमा १४ इन्चको टीएफटी फुल एचडी प्लस डिस्प्ले दिइएको छ ।

ल्यापटपमा विन्डो १० होम÷प्रो छ ।
ल्यापटपमा क्वालकम स्न्यापड्रागन ७सी प्रोसेसर सर्पोटमा आउँछ, जसले एडरेनो जीपीयू सर्पोट गर्छ । ग्यालेक्सी बुक गोमा एलईटी, वाईफाई, र ब्लुटुथ ५.१ सर्पोट गर्छ ।

ल्यापटप २ भेरियन्ट ४ जीबी र्याम र ६४ जीबी स्टोरेट तथा ८ जीबी र्याम र १२८ जीबी स्टोरेज भेरियन्टमा उपलब्ध छ । ल्यापटपको स्पेस माइक्रो एसडी कार्डबाट बढाउन सकिन्छ ।

मूल्य
सामसङ ग्यालेक्सी बुक गो वाईफाई ओनली भेरियन्टको शुरुवाती मूल्य ३४९ अमेरिकी डलर तोकिएको छ । यो ल्यापटप सीमित देशमा मात्र उपलब्ध हुनेछ ।

सामसङ ग्यालेक्सी बुक गो ५जी ल्यापटपको मूल्य र उपलब्धताको बारेमा केही जानकारी बाहिरिएको छैन ।

रिर्पोटका अनुसार ग्यालेक्सी बुक गो ५जी ल्यापटपको बिक्री सन् २०२१ को अन्त्यतिर हुने सम्भावना छ । ग्यालेक्सी बुक गो सिल्भर कलर अप्सनमा मात्र उपलब्ध हुनेछ ।


क्लिकमान्डु