अब आइफोनमा पनि चल्ने भयो नेपाल टेलिकमको भीओएलटीई सेवा



काठमाडौं । नेपाल टेलिकमको भीओएलटीई सेवा आइफोनमा पनि उपलब्ध भएको छ । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले आइफोनमा भीओएलटीई सेवा शुरु गरिएको जानकारी दिएका हुन् ।

अन्य ब्राण्डका सेटहरुमा भीओएलटीई सेवा सञ्चालनमा आए पनि आइफोनको एसएमएसमा समस्या आएको थियो । अहिले भने त्यो समस्या सामधान भइसकेको प्रवक्ता जोशीले जानकारी दिए ।

स्टार ४४४ ह्यास डायर गरेर भीओएलटीई सेवा शुरु गर्न सकिन्छ । यो सेवा निःशुल्क शुरु गर्न सकिन्छ ।

भीओएलटीईले एलटीई नेटवर्कमा उच्च गतिको भ्वाइस र डाटालाई व्यवस्थापन गर्दछ । भीओएलटीई भने एलटीईभन्दा एडभान्स छ । जसले इन्टरनेटको गति, कनेक्टिभिटी, ब्याट्री लाइफ तथा कलसेटअप टाइमको सेवा एलटीले अझ गुणस्तरीय दिन्छ । २०७७ जेष्ठ २ गतेदेखि नेपालमा भीओएलटीई सेवा परीक्षणको शुरु भइरहेको छ ।

यी मोबाइल सेटमा चल्नेछ भिओएलटीई
सामसङ
ग्यालेक्सी एम०१एस, ग्यालेकसी एम०२, ग्यालेकसी एम०२एस, ग्यालेकसी एम११, ग्यालेकसी एम१२, ग्यालेकसी एम२१, ग्यालेकसी एम३०एस, ग्यालेकसी एम३१, ग्यालेकसी ए१२, ग्यालेकसी ए५१, ग्यालेकसी ए५२, ग्यालेकसी ए७०, ग्यालेकसी ए७०एस, ग्यालेकसी ए७१, ग्यालेकसी ए७२, ग्यालेकसी नोट १० लाईट, ग्यालेक्सी एस१०, ग्यालेकसी एस१०प्लस, ग्यालेकसी एस१०ई, ग्यालेकसी एस२०, ग्यालेकसी एस२०प्लस, ग्यालेकसी एस२० अल्ट्रा, ग्यालेक्सी एस२० एफई, ग्यालेकसी एस२१प्लस, ग्यालेकसी एस२१ अल्ट्रा, ग्यालेकसी नोट १०, ग्यालेकसी नोट १०प्लस, ग्यालेकसी नोट २०, नोट २० अल्ट्रा, ग्यालेकसी जेट फोल्ड२ ।

शाओमी
रेडमिन ८ए, रेडमी नोट ९ प्रो, रेडमी नोट ९, रेडमी नोट ७ प्रो, रेडमी नोट १० प्रो, रेडमी ९ए, रेडमी ९ प्राइम, रेडमी ८, रेडमी ७, पोको एफ१, एमआई नोट १० लाइट, एमआई १० ।

नोकिया
नोकिया ५.३, नोकिया ७.२, नोकिया ३.४


क्लिकमान्डु