अबैध मोबाइल साउन १ गतेदेखि नचल्ने
काठमाडौं । सरकारले साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम सञ्चालनमा ल्याउने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दै यस्तो जानकारी दिए ।
यसले अबैध मोबाइलको प्रयोग नियन्त्रणमा आउनेका साथै मोबाइलको प्रयोगगरी हुने अपराधीक गतिविधि समेत नियन्त्रण हुने विश्वास लिइएको छ ।