सुकेटार र चुहानडाँडा विमानस्थलको नाम रवीन्द्र अधिकारी र आङछिरिङ शेर्पाको नामबाट राखिने



काठमाडौं । सरकारले स्वर्गीय रवीन्द्र अधिकारी र स्वर्गीय आङछिरिङ शेर्पाका नाममा विमानस्थल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेले सुकेटार विमानस्थललाई रवीन्द्र अधिकारी र तेह्रथुमको चुहानडाँडा विमानस्थललाई आङछिरिङ शेर्पाको नाम दिइने बताए ।

अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७८/७९ को बजेट अध्यादेशमार्फत् सार्वजनिक गर्दैै यस्तो जानकारी दिए । पौडेलले सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् ।
अधिकारी र शेर्पाको हेलिकोप्टर दुर्घटनामा निधन भएको थियो ।


क्लिकमान्डु