नेपाल आउने विदेशीलाई एक महिनाको भिसा निःशुल्क
काठमाडौं । सरकारले नेपाल भ्रमण आउने विदेशी पर्यटकलाई एक महिनाको भिसा शुल्क निशुल्क बनाउने भएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै उक्त जानकारी दिए । उनले नेपाल भम्रणमा आउने विदेशीलाई एक महिनाको भिसा निस्शुल्क उपलब्ध गराइने बताए।
सरकारले यसैवर्षदेखि सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने समेत घोषणा गरिसकेको छ ।