पर्यटन क्षेत्रबाट आम्दानी हुने विदेशी मुद्रा पौने ३९ अर्ब



काठमाडौं । कोरोना महामारीबाट सबैभन्दा प्रभावित बनेको पर्यटन क्षेत्रबाट हुने विदेशी मुद्राको आम्दानीमा उल्लेख्य कमी आएको छ ।

सरकारले शुक्रबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको माघ महिनासम्म पर्यटन क्षेत्रले जम्मा ३८ अर्ब ७० करोड ५० लाख रुपैयाँ आम्दानी गरेको छ ।

पर्यटन क्षेत्रले सबैभन्दा बढी आव २०७५/७६ मा ७५ अर्ब ३७ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको थियो भने २०७६/७७ मा पर्यटन क्षेत्रबाट ६० अर्ब ८८ करोड ५० लाख रुपैयाँ थियो ।

त्यसैगरी आव २०७४/७५ मा ६८ अर्ब ५२ करोठ २० लाख, आव २०७३/७४ मा ५८ अर्ब ५२ करोड ७० लाख रुपैयाँ र आव २०७२/७३ मा ४१ अर्ब ७६ करोड ५० लाख रुपैयाँ पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन भएको थियो ।


क्लिकमान्डु