नेपालका ४१ वटा इन्टरनेट सेवा प्रदायक, कस्को ग्राहक कति ?



काठमाडौं । नेपालमा ४१ वटा इन्टरनेट सेवा प्रदायक (आईएसपी)ले इन्टरनेट सेवा उपलब्ध गराई रहेका छन् ।

आइएसपीले वायरलेस, केबल र फाइबरमार्फत् सेवा उपलब्ध गराइरहेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७७ फागुनसम्मको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदनअनुसार आईएसपीका ग्राहक १४ लाख ३१ हजार २८१ पुगेका छन् ।

उपभोक्ताहरुले फाइबर, केबल र वायरलेसमार्फत् आईएसपीको सेवा उपयोग गरिरहका छन् । फाइबर मार्फत इन्टरनेट चलाउने उपभोक्ताको हिस्सा ठूलो छ । करिब ८३ प्रतिशतले उपभोक्ताले फाइबर मार्फत इन्टरनेट प्रयोग गरिरहेका छन् । फाइबर जडान गर्ने उपभोक्ता ११ लाख ८२ हजार ११४ छन् ।

२ लाख १ हजार ९८९ अर्थात १४ प्रतिशतले केबल र ४७ हजार १७८ अर्थात ३ प्रतिशतले वायरलेस सेवामार्फत् इन्टरनेट उपयोग गर्छन् । एउटा फिक्स्ड इन्टरनेटमार्फत् करिब ४ जनाले इन्टरनेट सेवा उपयोग गर्न सक्छन् भन्ने मान्यता छ ।

१४ लाख ३१ हजार २८१ उपभोक्तामार्फत् ५६ लाख २ हजार ५१३ ले आईएसपीको माध्यमबाट इन्टरनेट उपयोग गरिरहेको प्राधिकरणको प्राधिकरणको तथ्यांकले देखाउँछ ।

इन्टरनेट सेवा प्रदायकमध्ये ग्राहकका आधारमा वल्र्डलिंक कम्युनिकेसन शीर्ष स्थानमा छ । वल्र्डलिंकका ग्राहक ४ लाख ६१ हजार ६५ छन् । यो भने कुल आईएसपीको बजार हिस्साको ३२ प्रतिशत हो ।

वल्र्डलिंकका वायरलेस १ हजार १३७, केबल ९ सय ८५ र फाइबर ग्राहक ४ लाख ५८ हजार ९४३ छन् । दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी रहेको छ । २ लाख ८३ हजार २२५ ग्राहक सहित नेपाल दूरसञ्चार कम्पनीले २० प्रतिशत बजार हिस्सा ओगटेको छ । १ लाख ८८ हजारा ७२० ग्राहक सहित सुबिसु केबलनेट तेस्रो स्थानमा छ । सुबिसुको बजार हिस्सा १३ प्रतिशत छ ।

कस्को ग्राहक कति ?


क्लिकमान्डु