सन् २०२१ को पहिलो त्रैमासिकमा सर्वाधिक बिक्री भएका १० स्मार्टफोन



एजेन्सी । सन् २०२१ को पहिलो त्रैमासिकमा एप्पल आइफोन १२ विश्व बजारमा सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ । काउन्टरप्वाइन्टको रिर्पोटअनुसार सन् २०२१ को पहिलो त्रैमासिकमा एक खर्ब अमेरिकी डलर बराबरको स्मार्टफोनको कारोबार भएको छ ।

सर्वाधिक बिक्री हुने १० स्मार्टफोनमा आइफोन, रेडमी र सामसुङको बर्चस्व छ । शीर्ष ४ स्थानमा एप्पलका फोन छन् । शाओमी रेडमी र सामसुङका ३÷३ स्मार्टफोनले शीर्ष १० मा स्थान बनाउन सफल भएका छन् । यस्ता छन्् सन् २०२१ को पहिरो त्रैमासिकमा शीर्ष १० पर्न सफल स्मार्टफोन ।

एप्पल आइफोन १२
एप्पल आइफोन १२ मोडल सन् २०२१ को पहिलो त्रैमासिकमा विश्वमै सर्वाधिक बिक्री हुने स्मार्टफोन बनेको छ । काउन्टरप्वाइन्टको डाटाअनुसार आइफोन १२ ले पहिलो त्रैमासिकमा विश्वव्यापी स्मार्टफोनको कुल बिक्रीको ५ प्रतिशत बजार हिस्सा लिएको छ । आइफोन १२ को नेपाली बजारमा शुरुवाती मूल्य १ लाख ३४ हजार रुपैयाँ तोकिएको छ ।

आइफोन १२ प्रो म्याक्स
आइफोन १२ प्रो म्याक्स बिक्रीका हिसाबले दोस्रो नम्बरमा छ । सर्वाधिक बिक्री हुने स्मार्टफोनमध्येमा यो सबैभन्दा महँगो छ । नेपाली बजारमा आइफोन १२ प्रो म्याक्सको शुरुवाती मूल्य १ लाख ८५ हजार ९९० रुपैयाँ तोकिएको छ ।

आइफोन १२ प्रो
पहिलो त्रैमासिकमा सार्वजनिक बिक्री हुने स्मार्टफोनमा पनि एप्पलकै आइफोन १२ प्रो रहेको छ । नेपाली बजारमा आइफोन १२ प्रो को शुरुवाती मूल्य १ लाख ७० हजार रुपैयाँ तोकिएको छ ।

आइफोन ११
सन् २०२१ को पहिलो त्रैमासिकमा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा आइफोन ११ चौथो स्थानमा छ । नेपाली बजारमा आइफोन ११ को शुरुवाती मूल्य १ लाख १८ रुपैयाँ तोकिएको छ ।

शाओमी रेडमी ९ए
पाँचौ स्थानबाट भने आइफोनको बर्चस्व तोडिएको छ । पाँचौ स्थानमा शाओमी रेडमी ९ए रहन सफल भएको छ । नेपाली बजारमा शाओमी रेडमी ९ए को शुरुवाती मूल्य ११ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

शाओमी रेडमी ९
सर्वाधिक बिक्री हुने स्मार्टफोनको छौंठो स्थानमा शाओमी रेडमी ९ रहेको छ । नेपाली बजारमा शाओमी रेडमी ९ को शुरुवाती मूल्य १६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सामसङ ग्यालेक्सि ए१२
काउन्टरप्वाइन्टको डाटाअनुसार सामसङ ग्यालेक्सि ए१२ सातौं स्थानमा छ । नेपाली बजारमा सामसङ ग्यालेक्सि ए१२ को शुरुवाती मूल्य १८ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

शाओमी रेडमी नोट ९
सन् २०२१ को पहिलो त्रैमासिकमा सर्वाधिक बिक्री हुने स्मार्टफोनको सूचीमा शाओमी रेडमी नोट ९ आठौं स्थानमा छ । नेपाली बजारमा शाओमी रेडमी नोट ९ को शुरुवाती मूल्य २२ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सामसुङ ग्यालेक्सी ए२१एस
नवौं स्थानमा सामसङ ग्यालेक्सी ए२१एस रहेको छ । नेपाली बजारमा सामसुङ ग्यालेक्सी ए२१एसको शुरुवाती मूल्य २४ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

सामसुङ ग्यालेक्सी ए३१
दशौं स्थानमा पनि सामुसङ ग्यालेक्सी ए३१ रहेको छ । नेपाली बजारमा सामसुङ ग्यालेक्सी ए३१ को शुरुवाती मूल्य १८ हजार ९७५ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु