नेटफ्लिक्स गेमिङ उद्योगमा प्रवेश गर्ने तयारीमा



एजेन्सी । ओटीटी प्लेटफर्म एप नेटफ्लिक्स गेमिङ उद्योगमा प्रवेश गर्ने भएको छ । यसका लागि नेटफ्लिक्सले कार्यकारी निर्देशक नियुक्त गरेको छ । जसले नेटफ्लिक्सको गेमिङ विभागको नेतृत्व गर्नेछन् ।

साथै नेटफ्लिक्सले कन्टेन्टमा पनि केहि परिवर्तन गर्ने घोषणा गरेको छ । यस्तोमा कम्पनीले आफ्नो उत्पादन विभिन्न वर्गलाई लक्षित गर्दै सार्वजनिक गर्नेछ । यसमा भिडियो गेम वर्ग पनि एक हुनेछ । नेटफ्लिक्सले आफ्नो पुरानो कन्टेन्टमा धेरै प्रकारको चुनौतीको सामना गर्नु परिरहेको छ ।

कोभिड–१९ महामारीबाट बच्न विश्वका धेरै मुलुकमा लकडाउन जारी गरिएको छ । यस्तोमा गेमिङ उद्योग निकै फस्टाइरहेको छ ।

नेटफ्लिक्सले रोजगारीका लागि गेमिङ उद्योगका अधिकारिहरुसँगको सम्पर्क बढाएको छ । कम्पनीले पछिल्लो केहि दिनमा अन्तक्रियात्मक कार्यक्रमका साथै गेमिङसँगै सम्बन्धित स्टेन्जर थिंक्स र ला कास डे पप्पल (मनी हाइस्ट) बनाएको छ । यसले पनि नेटफ्लिक्स गेमिङ उद्योगमा प्रवेश गर्न खोजेको संकेत गर्छ ।

नेटफ्लिक्सले एक विकल्पको रुपमा एप्पल आर्केडको अनलाइन सब्सक्रिप्सनको अफर ल्याउने भएको छ ।

नेटफ्लिक्सको गेमिङ रणनीति अहिले शुरुवाती चरणमा छ । यस्तोमा यसको बारेमा धेरै जानकारी बाहिरिएको छैन । रिर्पोटका अनुसार गेम कन्टेन्टमा विज्ञापनको प्रयोग नगरिने सम्भावना छ ।

साथै नेटफ्लिक्सले भिडियो स्ट्रिमीङ सब्सक्रिप्सनको साथ एन–प्लस सब्सक्रिप्सन अफर ल्याउन सक्छ । यसले ग्राहकलाई पोष्टकार्ड, कस्टम टिभी शो प्लेलिस्टको जानकारी दिन्छ । एन–प्लस सब्सक्राइबर्स प्रि–प्लान शोजको उत्पादनमा सहयोगी हुने नेटफ्लिक्सको विश्वास छ ।


क्लिकमान्डु