एकवर्षमा दोब्बर भए फोरजी प्रयोगकर्ता, कुल संख्या ७६ लाख पुग्यो



काठमाडौं । नेपालमा फोरजी प्रयोगकर्ता पौने एक करोड पुगेका छन् ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०७७ फागुनसम्मको एमआईएस (म्यानेज्मेन्ट इन्फरमेसन सिस्टम) प्रतिवेदन अनुसार नेपालमा फोरजी प्रयोगकर्ता ७६ लाख ६८ हजार १८१ जना पुगेको हो ।

गत वर्षको सोहि अवधिको तुलनामा फोरजी प्रयोगकर्ता १०७ प्रतिशतले बढेको हो । २०७६ फागुनमा फोरजी प्रयोगकर्ता ४८ लाख ३९ हजार १९४ जना थिए । एक वर्षमा फोरजी ग्राहक संख्या ३९ लाख ६२ हजार ४२० ले बढेको हो ।

ग्राहक संख्या हिसाबले एनसेल शीर्ष स्थानमा छ । २०७७ फागुनसम्म एनसेलको फोरजी ग्राहक ४८ लाख ५६ हजार ७४२ जना पुगेका छन् । नेपाल टेलिकमको २५ लाख ८९ हजार २९४ जना र स्मार्ट टेलिकमको २ लाख २३ हजार १४५ जना छन् ।

एक वर्षको अवधिमा नेपाल टेलिकमको फोरजी ग्राहक २ सय प्रतिशतले बढाउँदा स्मार्ट टेलिकमले भने २३ प्रतिशतले ग्राहक गुमाएको छ । २०७६ फागुनमा नेपाल टेलिकमको फोरजी ग्राहक ८ लाख ४३ हजार ४१ जना थिए । नेपाल टेलिकमको फोरजी ग्राहक १६ लाख ८० हजार १०४ जनाले बढेको छ ।

एक वर्षको अवधिमा एनसलेको ग्राहक ११ लाख ५० हजार ९८१ ले बढेको छ । २०७६ फागुनमा एनसेलको फोरजी ग्राहक ३७ लाख ५ हजार ७६१ जना थिए । एक वर्ष एनसेलको ३१ प्रतिशतले फोरजी ग्राहक बढेका हुन् ।

स्मार्ट टेलिकमको २०७६ फागुनसम्म २ लाख ९० हजार ३९२ जना ग्राहक थिए । एक वर्षको अवधिमा स्मार्ट टेलिकमको ६७ हजार २४७ जना ग्राहक गुमाएको छ ।


क्लिकमान्डु