एकैदिन १८० जनाले गरे सगरमाथा आरोहण



काठमाडौं । आइतबारमात्रै १८० जनाले सगरमाथा आरोहण गरेका छन् । पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार एकैदिन ठूलो संख्यामा सगरमाथा आरोहण गरेका हुन् ।

मौसमी खराबीका कारण केही दिन आरोहण रोकिएपछि एकैदिन १८० जनाले आरोहण गरेका हुन् । अब मे २८ र २९ तारिखमा मौसम सफा हुने भएकाले उक्त दिन पनि धेरै आरोही तयारी अवस्थामा रहेको सम्पर्क अधिकृत ज्ञानेन्द्र श्रेष्ठले बताए ।

पर्यटन विभागका अनुसार जारी सिजनमा कुल ४०८ जनाले सगरमाथा आरोहणका लागि अनुमति लिएका छन् । जारी सिजनमा ३ जनाले सगरमाथामा ज्यान गुमाइसकेका छन् ।


क्लिकमान्डु