ट्वीटरले फेरी शुरु गर्यो अकाउन्ट भेरिफिकेसन प्रकृया, ‘ब्लु ब्याच’ पाउन को योग्य ?



काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुबाट फेरी भेरिफिकेसन आवेदन लिने भएको छ ।

ट्वीटरले आधिकारिक अकाउन्टको मान्यता दिन प्रयोग गर्ने ‘ब्लु ब्याच’ पाउनका लागि केहि दिनभित्रै प्रयोगकर्ताहरुबाट आवेदन माग गरिने जनाएको छ ।

यसअघि पनि ट्वीटरले यस्तो आवदेन लिने गरकोमा आवेदनकर्ताको अत्याधिक चापका कारण पछिल्लो तीनदेखि यो प्रकृया रोकेको थियो ।

अहिले सीमित क्षेत्र र व्यवसायसँग जोडिएका व्यक्तिलाई मात्र भेरिफाई गर्ने गरी आवेदन माग गर्न लागिएको हो ।

सरकारी कार्यालय तथा कर्मचारी, व्यवसायिक कम्पनी, ब्रान्ड तथा संस्था, सञ्चार संस्था तथा सञ्चारकर्मी, मनोरञ्जन क्षेत्र, खेलक्षेत्र, सामाजिक अभियन्ता तथा अरु महत्वपूर्ण व्यक्तिहरुको अकाउन्ट फेरिफाई गरिनेछ ।

ट्वीटरले आफ्नो साइटमा चाँडै ‘भेरिफिकेसन अप्सन’ राख्ने र केही विवरणहरु भरेर प्रयोगकर्ताले निवेदन दिनसक्ने जनाएको छ ।


क्लिकमान्डु