बुध्द एयरले एटीआर-७२ विमान ल्याउँदै



काठमाडौं । आन्तरिक उडानमा अग्रणी मानिएको विमान कम्पनी बुध्द एयरले बिहीबार नयाँ एटीआर विमान ल्याउने भएको छ ।

कम्पनीका अनुसार बिहीबार साँझसम्म नयाँ एटीआर ७२ विमान आइपुग्नेछ । फ्रान्सबाट भारतको राजधानी नयाँ दिल्ली हुँदै विमान आउन लागेको हो ।

नयाँ एटीआर ७२ सँगै अब बुध्द एयरसँग १३ वटा एटीआर विमानसहित १५ वटा विमान हुनेछन् । अब बुध्द एयरसँग १० वटा एटीआर ७२, ३ वटा एटीआर ४२ र २ वटा बीच क्राफ्ट विमानहरु हुनेछन् ।

पछिल्लो समय उडान संख्यासँगै प्रादेशिक स्तरमा पनि उडान गर्ने योजना बनाएसँगै कम्पनीले विमान थप गरेको हो ।


क्लिकमान्डु