एक वर्षपछि युरोपले अन्तर्राष्ट्रिय बोर्डर खोल्दै



करिब एक वर्ष अन्तर्राष्ट्रिय बोर्डर बन्द गरेको युरोपियन युनियनले भ्याक्सिन लगाएका यात्रुहरुलाई खुला गर्ने निर्णय गरेको छ । संक्रमण दर कम भएका मुलुकबाट आउने यात्रुहरुलाई प्रवेश गर्न दिने निर्णय गरेको हो ।

समर भ्याकेसनका लागि युरोप आउने यात्रुहरुलाई लक्षित गरी इयूले उक्त निर्णय गरेको हो । इयूले यसका लागि मापदण्ड पनि जारी गरेको छ । जसमा सेफ लिस्टमा भएका मुलुकबाट यात्रुहरु युरोप जान पाउनेछन् । तर अहिले कुन मितिबाट यो लागू हुने हो त्यो यकिन छैन ।

नयाँ नियम अनुसार भ्याक्सिन लगाएका यात्रुहरु पनि निश्चित समय क्वारेन्टिनमा बस्नुपर्ने हुन सक्छ । त्यहाँका अधिकारीहरुले जुनदेखि यो लागू हुन सक्नेतर्फ संकते गरेका छन् ।


क्लिकमान्डु