कोरोनाका कारण ८.३ प्रतिशत होटल तथा रेष्टराँ पूर्णरुपमा बन्द



काठमाडौं । कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावितमध्येको होटल तथा रेष्टुराँ यतिबेला निषेधाज्ञाका कारण पूर्णरुपमा बन्द छन् । मुलुकका विभिन्न जिल्लामा निषेधाज्ञा लागू हुँदा होटल तथा रेष्टुराँ सञ्चालन हुन सकेका छैनन् ।

सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि गत वर्षको २०७६ चैत ११ गतेदेखि लकडाउन गरेका कारण ८.२ प्रतिशत होटल तथा रेष्टुराँ पूर्णरुपमा बन्द भएका छन् ।

नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार वैशाख १४ गतेसम्मको अध्ययन अनुसार ८.३ प्रतिशत होटल तथा रेष्टुराँ पूर्णरुपमा बन्द भएका हुन् ।

त्यसैगरी गत असारमा पूर्णरुपमा सञ्चालन हुन नसकेका होटल तथा रेष्टुराँको संख्या ९१ प्रतिशत थियो भने गत वर्षको मंसिरसम्ममा यस्तो संख्या घटेर २३.८ प्रतिशतमा झरेको थियो ।

त्यसैगरी वैशाख १४ गतेसम्म ३४.४ प्रतिशत होटल तथा रेष्टुराँ आंशिक रुपमा सञ्चालनमा आएका थिए भने ५७.३ प्रतिशत होटल तथा रेष्टुराँ पूर्णरुपमा सञ्चालनमा आएका छन् ।


क्लिकमान्डु