चार्टर्ड उडान बन्द गरी अन्तर्राष्ट्रिय उडान शुरु गर्न नाट्टाको माग



काठमाडौं । नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले सरकारसँग मे २५ गते नियमितरुपमा अन्तर्राष्ट्रिय उडान शुरु गर्न माग गरेको छ ।

नाट्टाका कार्यवाहक अध्यक्ष विनय बस्नेतले अन्तर्राष्ट्रिय चार्टर्ड उडानहरु विवादास्पद भएकाले तत्काल रोकी नियमित उडान गर्न माग गरे ।

नाट्टाले नेपाल एयरलाइन्सलाई प्राथमिकतामा राखी नेपालमा अन्तर्राष्ट्रिय उडान गरी रहेका अन्य हवाई कम्पनीहरुलाई गन्तव्य अनुसार हप्ताको २ देखि ३ वटा नियमित उडान गर्न माग गरेको छ ।

त्यसैगरी नाट्टाले चार्टर्ड उडानमा अत्यधिक हवाई भाडा असुल गरिएको साथै टिकट बिक्रीका लागि टिकट जारी गर्ने अनुमति प्रदान नगरिएको भन्दै कुनै पनि हवाई सेवा सञ्चालकहरुलाई अन्तर्राष्ट्रिय गन्तव्यहरुको चार्टर्ड उडानको अनुमति प्रदान नगर्न माग गरेको छ ।


क्लिकमान्डु