सगरमाथामा थप एकजनाको मृत्यु



काठमाडौं । सगरमाथामा थप एकजनाको मृत्यु भएको छ । मंगलबार बिहान सगरमाथाको क्याम्प १ र क्याम्प २ बीचमा पेम्बा टाँसी शेर्पाको मृत्यु भएको पर्यटन विभागकी निर्देशक मीरा आचार्यले जानकारी दिइन् ।

उनका अनुसार सामान ओसारपसार गर्ने क्रममा शेर्पाको मंगलबार विहान मृत्यु भएको हो । शेर्पाको हिउँका बीचमा परी मृत्यु भएको हो ।

सगरमाथामा यसअघि २ जना विदेशीले केही दिन अघि मात्रै ज्यान गुमाएका थिए । गत बुधबार एकजना अमेरिकी र अर्का स्वीस नागरिकको मृत्यु भएको थियो ।

योसँगै वसन्त ऋतुमा सगरमाथामा ३ जनाको मृत्यु भएको छ ।


क्लिकमान्डु