होटल तथा पर्यटन क्षेत्रको पुनरकर्जामा थप सहजीकरण गरिने



काठमाडौं । कोरोना महामारीबाट अतिप्रभावितको सूचिमा रहेको होटल तथा पर्यटन क्षेत्रका लागि पुनरकर्जामा थप सहजीकरण गरिने भएको छ ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै यस्तो व्यवस्था गरेको हो । होटल तथा पर्यटन क्षेत्रले पुनरकर्जाको यसअघिको व्यवस्थालाई सहजीकरण गर्ने बताएको छ ।

कोभिड प्रभावित व्यवसायलाई पुनरकर्जा उपलब्ध गराउने भनिए पनि विभिन्न मापदण्डका कारण व्यवसायीहरुले उक्त सविधा लिन नपाएको गुनासो गर्दै आएका थिए ।

राष्ट्र बैंकले कोभिड–१९ संक्रमणबाट अधिक प्रभावित भएको देखिएको होटल लगायतका पर्यटन व्यवसाय र पशुपंक्षी पालन व्यवसायलाई प्रदान गरिने पुनरकर्जामा थप सहजीकरण गरिएको जानकारी दिएको छ ।


क्लिकमान्डु