६ र ८ जीबी र्याममा पोको एक्स–३ प्रो सार्वजनिक



काठमाडौं । पोको एक्स–३ प्रो नेपालमा सार्वजनिक भएको छ । पोको एक्स–३ यूवा र गेमिङ प्रति रुची राख्नेका लागि तयार गरिएको स्मार्टफोन हो ।

पोको एक्स–३ प्रो दुई भेरियन्टमा उपलब्ध छ । ६ जीबी र्याम र १२८ जीबी स्टोरेजको मूल्य ३१ हजार ९९९ रुपैयाँ र ८ जीबी र्याम र २५६ जीबी स्टोरेजको मूल्य ३६ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

पोको एक्स–३ प्रो ३ रंग ग्राफाइट ब्ल्याक, स्टील ब्लु र गाल्डेन ब्रन्जमा उपलब्ध छ ।

क्वालकम स्न्यापड्रागन८६० पोको एफ–१ को पावर र प्रोफर्मेन्सको लेगेसीमा निर्मित पोको एक्स३ प्रो फ्ल्यागशिप प्रोसेसर, स्न्यापड्रागन ८६० र चिपसेटको साथ सार्वजनिक हुने पहिलो उपकरणको रुपमा प्रस्तुत भएको छ । यो ८ कोर चिपसेट ७ न्यानो मिटरको प्रोसेसिङ्ग टेक्नोलोजीको साथ उपलब्ध छ जसले उत्कृष्ट पीक प्रोफर्मेन्सको लािग २.९६ गिगाहट्र्जको अधिकतम फ्रीक्वेन्सीको प्रदान गर्दछ ।

शक्तिशाली एड्रेनो ६४० जीपियुको ग्राफिक्स प्रोसेसरले सुसज्जित यो उपकरणमा बिना कुनै अवरोध बजारमा उपलब्ध भएको सबै मेन स्ट्रिम गेम्सहरु रन हुन्छ । एनटुटु स्कोर ४९१००० प्लसका साथ उपलब्ध पोको एक्स–३ प्रो आफ्नोे सेग्मेन्टमा शक्ति र प्रोफर्मेन्सको क्षेत्रमा अनडिस्पूटेड किङ हो ।

अनन्तसम्मका लागि, पिक गेमिङ सेसन र स्थिर अपरेशन अनि फ्रिक्शन रहित प्रयोगकर्ताको अनुभवलाई सुनिश्चित गर्न पोको एफ–३ प्रो मा लिक्विडकुल प्लसको सुविधा रहेको छ । एउटा कुलिङ सलुसन जसमा ठूलो कपर हिट पाइप र ग्राफाइटको मल्टिपल लेएरलाई प्याक गरेर उपकरणको थर्मल क्यापासिटीलाई घटाउने काम गरिन्छ ।

यो उपकरण टप अफ द लाइन हार्डवेयर जस्तै एलपीडीडीआर४ र युएफएस ३.१ को साथ आउँछ जुन मूल्य खण्डको उद्योगमा छिटो मोबाइल स्टोरेज टेक्नोलोजी हो । जुन युएफएस ३.० भन्दा ३ गुणा छिटो छ र युएफएस २.१ भन्दा १४ गुणा छिटो रहेको छ ।

१२० हट्र्जको डिस्प्ले
सबैभन्दा राम्रो प्रस्ताव गर्न परिचित, पोकोले पोको एक्स–३ प्रो को साथ कुनै पनि कसर छोडेको छैन । मोर्डन हाई–रिफ्रेस रेट डिस्प्लेको वरपरको सम्बन्धि चिन्ताहरुलाई दर्शाउने लक्ष्यका साथ उपकरणले रियालिटी फ्लो १२० हट्र्जको रिफ्रेस रेटको साथ स्मार्ट डिस्प्लेको प्रस्तुत गर्दछ । यो एप्लिकेसनको कन्टेन्टको फ्रेम रेट भ्यारियाबिलिटीलाई बुझ्न र पढ्न सक्ने इन्टिलिजेन्ट डिस्प्ले हो । जसले रिफ्रेस रेटलाई ५० हट्र्ज, ६० हट्र्ज, ९० हट्र्ज वा १२० हट्र्जमा आफै एट्जस्ट गर्छ जसले ब्याट्री बचाउँछ र आफ्नो स्मार्टफोनलाई पहिला भन्दा बढी पावर इफिसियन्ट बनाउन मद्दत गर्दछ । यसले गेमिङ्ग जस्तो हाई–क्यापासिटी स्थितिको बेलामा रिफ्रेस रेटलाई माथि र पढ्ने अथवा फिल्म हेर्ने जस्तो लाइटर अपरेशनको बेलामा रिफ्रेस रेटलाई तल पार्छ ।

अनइन्टरप्टेड एज टु एज अवलोकनको अनुभवको लागि उपकरणमा १६.९ सेन्टिमिटर(६.६७) फूल एचडी प्लसको डिस्प्ले २४०० एक्स १०८० पी रेजोलुसनको साथ डट–टाइप बेजेल–लेसको समावेश गरिएको छ । जसलाई फ्ल्यागशिप लेभल कर्निङ गोरिल्ला ग्लास ६ ले सुरक्षित गरिएको छ । यसमा २४० हट्र्जको टच स्याम्पलिङ्ग रेट पनि रहेको छ । जसले स्मुथ ल्याग–फ्रिपफर्मेन्सलाई दर्शाउँछ । यो डिस्प्लेले पञ्ची भिभिड रंगहरु र एचडीआर १० को सर्पोटको साथ स्टनिङ भिजुअल र कन्ट्रास्टको प्रस्तुत गर्दछ ।
प्रो ४८ एमपी क्वाड क्यामेरा सेटअप

पोको एक्स ३ प्रोमा ४८ एमपी क्वाड क्यामेरा सेटअपमा कम्प्युटर भिजन इमेज सिग्नल प्रोसेसर, एफ/१.७९ एपर्चरका साथ ४८ एमपीको प्राइमरी सेन्सर, एफ÷२.२ एपर्चर र ११८ डिग्री एफओभीको साथ ८ एमपीको अल्ट्रा वाइड एंगल क्यामेरा, २ एमपीको म्याव्रmो क्यामेरा र चित्रणको लागि डेप्थ सेन्सरहरु छन् । जसले एक प्रभावशाली क्वाड क्यामेरा सेटअपलाई प्रस्तुत गर्दछ । भर्सटाइल क्यामेरा सेटअपमा २० एमपीको फ्रन्ट क्यामेरा छ । जसले प्राकृतिक दृश्यलाई कब्जा गरि ट्रु टु लाइफ कलर क्वालिटीलाई प्याक गरेर प्रयोगकर्ताहरुलाई राम्रो सेल्फी र फोटो खिच्न मद्दत गर्दछ ।

प्रो ब्याट्री प्रो चार्जिङका साथ
पोको एक्स–३ प्रो विशाल ५१६० एमएएच ब्याट्रीको साथमा आउँछ जुन यसको क्याटेगोरीमा सबैभन्दा ठूलो ब्याट्री मध्यको एक हो । यो एमएमटी टेक, एक स्प्लिट चार्ज टेक्नोलोजीको साथ आउँछ जसले छोटो अवधिमा पनि राम्रो चार्जको समय प्रदान गर्दछ र लामो रनको लागि ब्याट्री हेल्थ साइकललाई सुरक्षित राख्छ । यो उपकरणमा इन–बक्स फास्ट ३३ डब्लु टाइप–सी चार्जर पनि रहेको छ र यसले २६ वाटको युएसबी पीडी चार्जलाई सपोर्ट गर्छ जुन यसको खण्डको सबैभन्दा छिटो पीडी सर्पोट हो ।

प्रो फोन, प्रो सुविधाहरु
इमर्सिभ अडियो एक्सपेरियन्सलाई प्रस्तुत गर्दै, पोको एक्स–३ प्रोमा डुअल स्टेरियो स्पिकर रहेको छ र यो हाई–रेस अडियो हो जुन आप्टएक्स एचडीबाट प्रमाणित छ । यसले समग्रमा मल्टिमिडिया र इमर्सिभ गेमिङ्ग एक्सपेरियन्सको लागि ठूलो र स्पष्ट ध्वनी प्रदान गर्दछ ।

स्मार्ट कार्यक्षमतालाई फिचर गर्दै उपकरणमा रहेको स्पीकरहरुमा स्वतः सफा गर्ने क्षमता रहेको छ जसले स्थिर अपरेशनलाई सुनिश्चित गर्छ र लामो रनमा स्पष्ट अडियो क्वालिटी प्रदान गर्दछ । उपकरणलाई दुर्घटनात्मक झर्न र स्क्रयाचबाट सुरक्षित राख्दै पोको एक्स ३ प्रो आइपी ५३ सर्टिफिकेसनको साथ आउँछ जसले यो सुनिश्चित गर्छ कि यो उपकरण रफ वेदर कन्डिसन्समा धुलो र पानी इन्गे्रस हुनबाट सुरक्षित छ ।


क्लिकमान्डु