दूरसञ्चारको क्षेत्रमा नेपाल विश्वसँगै दौडिनु पर्छः मन्त्री गुरुङ



काठमाडौं । विश्वमा दूरसञ्चार क्षेत्रमा भएको नविनतम प्रविधि, पूर्वाधार विकास र नीतिमा नेपाल पनि संघै अघि बढ्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

विश्व दूरसञ्चार तथा सूचना समाज दिवसमा नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको कार्याक्रममा मन्त्री गुरुङले सूचना प्रविधिको क्षेत्रमा नेपाल विश्वका अन्य देशसँगै दोडिनुपर्ने बताएका हुन् ।

‘सूचना प्रविधिको क्षेत्रमा सानो र ठूलो देश भन्ने हुँदैन । सूचना प्रविधि सबैले समान रुपमा उपयोग गर्न सक्छन् । अन्तर्राष्ट्रिय दूरसञ्चार संघमा नेपाल आवद्ध छ । अन्तर्राष्ट्रियस्तरमा भएका दूरसञ्चारको प्रगति र चुनौतीका एजेन्डा नेपालले तयार गर्नुपर्छ,’ उनले भने ।

उनले कोमिड–१९ को महामारीको समयमा दूरसञ्चार सेवाको महत्व अझै बढेको भन्दै विश्वमा भएका प्रविधिको विकासलाई आत्मसाथ गर्न विधमान नियम कानूनहरु समेत संसोधन र परिवर्तन गर्नु सरकार तयार रहेको उनले बताए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले दूरसञ्चार सेवाको ब्यापक उपयोगिताका लागि कानूनी बाध्यताकारी बनाइनुपर्ने बताए ।

‘प्रविधिको आधार र समयमै सेवा नदिनलाई क्षतिपूत्र्ती गराउँनुपर्छ । सामान्य कामका लागि पनि भौतिक रुपमा उपस्थिति भई सेवा लिँदा सेवाग्राहीको समयको वर्बाद भइरहेको छ,’ खनालले भने, ‘अनलाइन सेवालाई बाध्यकारी बनाउनुपर्छ ।’

यसका लागि सम्बन्धीत निकायले नीति, नियम, कानून, निर्देशिका बनाउनुपर्छ । पछिल्लो समय सरकारी, निजी र गौरसरकारी संस्थाले प्रविधिको प्रयोग गरी डिजिटल प्रणालीमा सेवा प्रदान गरिरहेका छन् । मोबाइल बैंकिङ, ईलर्निङ, अनलाईन सपिङ लगायतले पराम्परागत चलनचल्तीलाई रुपान्तरित गरिरहेको छ ।

वस्तु तथा सेवालाई प्रविधिमार्फत् बिना भेदभाव सबैलाई समान रुपमा प्रदान गर्न सकिने उनले बताए ।

सञ्चार सचिव हरिप्रसाद बस्यालले सहर र गाउँबीच अहिले पनि प्रविधिमा विभेद रहेको बताए ।

‘सहरमा बस्नेले मात्र प्रविधिको उपयोग गर्न पाएका छन्,’ बस्यालले भने, ‘गाउँ र सहरबीचको प्रविधिको विभेद अन्त्य हुनुपर्छ ।’

यसका लागि सरकारले ब्रोडब्यान्ड पूर्वाधार विकासको काम गरिहेको बस्यालले बताए । सबै स्थानीयतहका विद्यालय, स्वास्थ्य चौकी, वडा कार्यालय र सरकारी निकायमा ब्रोडब्याण्ड इन्टरनेट पूर्याउने काम भइरहेको छ । संयूक्त राष्ट्र संघले घोषणा गरेको दिगोविकास २०३० को लक्ष्य प्राप्ति गर्न पनि सूचना प्रविधिको अधिकतम प्रयोग गर्नुपर्नेमा उनको जोड थियो ।

जनताले सहज र सुलभ सेवा प्राप्ति गर्न सरकार, निजी क्षेत्र, गैरसरकारी संस्था र अन्तर्राष्ट्रिय सस्थाबाट सहयोग हुनुपर्ने उनको भनाई छ । कृषि, पर्यटन, जलविद्युत, स्वास्थ्य लगायत क्षेत्रमा दूरसञ्चारको प्रयोग बढाउनुपर्ने हुन्छ । कोभिड विरुद्धको अभियानमा पनि प्रविधिले नै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ ।


क्लिकमान्डु