एयर इण्डिया टाटालाई दिने मोदीको तयारी, कोरोनाका कारण प्रभावित हुनसक्छ प्रक्रिया



एजेन्सी । भारतको राष्ट्रिय ध्वजावहाक एयर इण्डिया बिक्री गर्ने तयारी अन्तिम चरणमा पुगेको छ ।

राष्ट्रिय ध्वजावहाकलाई निजीकरण गर्ने योजना नरेन्द्र मोदी सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् घोषणा गरेको हो ।

विवरणहरुमा जनाइएअनुसार एयर इण्डिया करिब टाटा समूहलाई बिक्री गर्ने तयारी गरिएको छ । टाटा समूहकै कम्पनीका रुपमा परिचित टाटा सन्सलाई एयर इण्डिया बिक्री गर्ने करिब करिब नजिक पुगेको छ ।

एयर इण्डिया पछिल्लो २० वर्षदेखि बिक्री गर्ने कोशिस गरिएको थियो । खासगरी सन् २०१७ देखि अलिक बढी मात्रामा निजीकरणको प्रक्रिया अगाडि बढाइएको थियो । केन्द्र सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् खासरुपमा बिक्री गर्ने लक्ष्य राखेको हो ।

प्रारम्भिक निवेदनका आधारमा खरिदकर्तालाई भिडिआरको एक्सेस दिइएको छ । एयर इण्डियाको खरिद गर्ने दौडामा सबैभन्दा अगाडि टाटा सन्स एवम् अजय सिंहको समूह अग्रस्थानमा छ । त्योभन्दा पनि आसमा टाटा सन्स नै अग्रस्थानमा रहेको छ । सन् २०१७ मा एयर इण्डियाको ७४ प्रतिशत स्वामित्व बिक्री गर्न लागिएको छ ।

कोभिड १९ को कारण सरकारले निजीकरण गर्न लागेको सो योजना केही प्रभावित हुने सक्ने बताइएको छ । भारत सरकारले खास गरी चालु आवमा एयर इण्डिया निजीकरण गरेर १.७५ लाख करोड बराबर जुटाउने लक्ष्य राखेको छ ।

सार्वजनिक संस्थान तथा कम्पनीलाई एकपछि अर्को गर्दै निजीकरण गर्न लागेको र लाखौं मानिसलाई बेरोजगार बनाउन लागेको भन्दै भारतमा मोदी सरकारको आलोचना भइरहेको छ ।

खास गरी टाटा सन्स र निजी एयरलाइन्स कम्पनी स्पाइसजेटका लगानीकर्ता अजय सिंहको समूह सबैभन्दा अगाडि रहेको छ ।
प्रारम्भिक निवेदनका आधारमा योग्य खरिदकर्तालाई एयर इण्डियाको भर्चुअल डाटा रुमको एक्सेसे दिइएको छ । खरिद प्रक्रिया अब बिक्रीको प्रक्रिया अब वित्तीय निवेदनको स्तरमा पुगेको छ ।

टाटा सन्स समूहले एयर इण्डियाको खरिदको दौडमा बढी मजबूत रहेको मानिएको छ । सरकारको योजना अनुसार नै टाटा सन्स धेरै अगाडि बढीसकेको छ ।

विवरण अनुसार आगामी सेप्टेम्बर वा अक्टोबरसम्म निजीकरणको प्रक्रिया खास अर्थमा अगाडि बढाइनेछ । सोही समयमा अन्तिम बिडिङ हुनेछ ।

तर, मोदीको योजना अनुसार एयर इण्डिया भने खास अर्थमा टाटा सन्सलाई नै दिन लागिएको हो । निर्णय भएपनि जहाज तथा सम्पत्ति हस्तान्तरणको प्रक्रिया भने अझै १ वर्ष भन्दा बढी समय लाग्न सक्छ ।

एयर इण्डिया खरिदका लागि टाटा समूह, अजय सिंहको समूहका साथ साथै न्यूयोर्ककको इटरप्स इंकको ज्वाइन्ट भेन्चर कम्पनी एयर इण्डियाका २०९ पूर्व कर्मचारीको समूह, एस्सार समूह, पवन रुइयाको कम्पनी डनलप तथा फाल्कन टायर्सले समेत इओआईमा सहभागी भएका थिए ।

रमाइलो कुरा के छ भने एयर इण्डियाको संस्थापक समेत टाटा समूहका जेडिआर टाटा नै थिए । १९०४ मा जन्मिएका टाटा, १९९३ मा बितेका थिए । एयर इण्डियाको १२१ वटा जहाज रहेका छन् ।

संसारका अधिकांश गन्तव्यमा उडान भने सो जहाज अन्य देशका विमान कम्पनीसँग मिलेर संसारका ७४७ क्षेत्रमा पुग्ने गरेको थियो ।

सो विमान कम्पनीसँग एयरबस ३२०, बोइङ ७५७ र ७७७, ७८७ जहाज छन् । लगातार घाटामा गएको भन्दै मोदी सरकारले राष्ट्रिय ध्वजावहाक नै निजीकरण गर्न लागेको हो ।


क्लिकमान्डु