उच्च गतिको इन्टरनका लागि एलन मस्क र गुगलबीच सम्झौता



एजेन्सी । उच्च गतिको इन्टरनेट उपलब्ध गराउन एलन मस्कको स्पेसएक्स र गुगलबीच सम्झौता भएको छ । गुगलले बिहीबार स्टारलिंक स्याटलाईट मार्फत इन्टरनेट सेवाका लागि गुगल क्लाउड सर्भिसका लागि स्पेसएक्ससँग सम्झौता गरिएको जानकारी दिएको छ । टेक जायन्टका अनुसार सन् २०२१ को मध्यपछि उद्यमी उपभोक्ताका लागि स्टारलिंक इन्टरनेट उपलब्ध हुने विश्वास व्यक्त गरेको छ ।

‘गुगलको पूर्वाधार र क्षमताको साथ स्तारलिंकको उच्च–गति, कम–लेटेन्सि ब्रोडब्यान्डको संयोजनले विश्वका संगठनहरुले सुरक्षित र तीब्र गतिको इन्टरनेट प्रयोग गर्न पाउनेछन्,’ स्पेसएक्सर प्रमुख अपरेटिङ अफिसर ग्वाने सर्टवेलले विज्ञप्तिमा भनेका छन् ।

गत वर्ष माइक्रोसफ्टले आफ्नो एज्योर क्लाउड कम्प्यूटिङ प्लेटर्फमका स्टारलिंक जोड्न स्पेसएक्ससँग सम्झौता गरिसकेको छ ।

एक रिर्पोट अनुसार गुगलको कुल कमाईको ७ प्रतिशत हिस्सा गुगल क्लाउडको रहेको छ ।

स्टारलिंकसँगको सम्झौतासँगै गुगलको क्लाउड–कम्प्यूटिङ बजारमा हिस्सा बढ्ने विश्वास लिएको छ । यो बजारमा अमेजन र माइक्रोसफ्टको वर्चस्व रहेको छ ।


क्लिकमान्डु