अध्यागमन विभागले १० बजेदेखि ३ बजेसम्म मात्रै सेवा प्रवाह गर्ने



काठमाडौं । कोरोना महामारीको नयाँ भेरियन्टको संक्रमण दर उच्च भइरहेका बेलामा अध्यागमन विभागले आजदेखि लागू हुने गरी सेवामा कटौती गरेको छ ।

विभागका अनुसार अब आइतबारदेखि बिहीबारसम्म विहान १० बजेदेखि ३ बजेसम्म र शुक्रबार १० बजेदेखि २ बजेसम्म मात्रै सेवा प्रवाह गर्नेछ ।

कोरोना महामारीको जोखिम बढ्दै जाँदा सीमित कर्मचारी राखेर सेवा प्रवाह गरिरहेको विभागले सेवा प्रवाहको समयसीमा पनि हेरफेर गरेको हो ।

आन्तरिक उडान बन्द भए पनि चार्टर्डलगायतका अन्तर्राष्ट्रिय उडान भइरहेकाले विभागले सेवा प्रवाहलाई जारी राखेको छ ।


क्लिकमान्डु