हेलिकोप्टरको भाडा घटाउनको कम्पनीहरुलाई क्यानको निर्देशन



काठमाडौं । पछिल्लो समय हेलिकोप्टरहरुले बढी भाडा लिएका समाचार प्रकाशित भएपछि नागरिक उड्डयन प्राधिकरणले हेलिकोप्टर कम्पनीहरुलाई भाडा घटाउन निर्देशन दिएको छ ।

कोरोना संक्रमितहरुलाई ओसारपसार गर्दा कम्पनीहरुले लिने अतिरिक्त शुल्कलाई अझ न्यून गर्न निर्देशन दिइएको क्यानले जानकारी दिएको छ । यस्ता उडानमा बिचौलियामार्फत् हुने अबाञ्छनीय गतिविधि कडाईका साथ नियन्त्रण गर्न पनि क्यानले निर्देशन दिएको छ ।

कोभिड उद्दार गर्दा थप डेढ लाख बढी लाग्छ- वायुसेवा सञ्चालक संघ

क्यानले सबै हेलिकोप्टर कम्पनीहरुलाई सम्पर्क कर्मचारी र टेलिफोन नम्बर समेत सार्वजनिक गर्न निर्देशन दिएको छ । साथै यससम्बन्धि कुनै गुनासो भए क्यानमा गुनासो गर्न पनि आग्रह गरेको छ ।

क्यानले हेलिकोप्टरहरुले सरकारले तोकेको प्रति घण्टा भाडादरमा पनि सहुलियत प्रदान गरेको जानकारी दिँदै कम्पनीहरुले अतिरिक्त शुल्क अझ कम गर्न निर्देशन दिएको हो ।


क्लिकमान्डु