४०० अक्सिजन सिलिण्डर लिन नेपाल एयरलाइन्सको विमान आज चीन जाँदै



काठमाडौं । नेपाल एयरलाइन्सको वाइड बडी ३०० एयरक्राफ्ट विमान आज चीन जाने भएको छ । विमान आज रााित ११ः३० बजे गएर भोलि दिउँसो फर्कनेछ ।

उक्त विमानले चीनबाट ४०० थान अक्सिजन सिलिण्डर र केही थान भेन्टिलेटर ल्याउनेछ । यो पहिलो चरणको हुनेछ । सरकारले चीनबाट २० हजार थान सिलिण्डर ल्याउने तयारी गरेको छ ।

सरकारले नेपाल एयरलाइन्सको उक्त विमान चार्टर्ड गरेको हो । जसका लागि निगमलाई १५ हजार ५२० डलर प्रतिघण्टा भुक्तान गर्नुपर्ने हुन्छ ।

विमानका लागि यो काम गर्नका लागि ११ घण्टा ३५ मिनेट लाग्नेछ । जस अनुसार सरकारले निगमलाई चार्टर्ड उडान गरे वापत २ करोड रुपैयाँभन्दा बढी बुझाउनु पर्ने हुन्छ ।


क्लिकमान्डु