बेलायतको रेड लिस्टमा नेपाल, बुधबारदेखि नेपालबाट बेलायत जानेले प्रवेश नपाउने



काठमाडौं । बेलायत सरकारले आगामी बुधबारदेखि नेपालबाट बेलायत प्रवशेमा रोक लगाउने भएको छ ।

नेपालसहित उक्त रेड लिस्टमा टर्की, मालदिभ्सलाई पनि समावेश गरिएको छ ।

रेड लिस्टमा अन्य देश पनि समावेश छन् । ती देशबाट आउने नागरिकलाई पनि रोक लगाउने निर्णय गरेको हो । रेड लिस्टमा राख्नुको अर्थ ती देशमा पछिल्लो १० दिनमा यात्रा गरेको खण्डमा तपाईंले बेलायत प्रवेश पाउनु हुने छैन ।

साथै बेलायतले आफ्ना नागरिकलाई पनि रेड लिस्टमा भएका देशमा भ्रमण नगर्न समेत भनेको छ । बेलायती र आयरल्याण्डका नागरिकको हकमा भने पछिल्लो १० दिनमा रेड लिस्टमा परेको देश तथा ती क्षेत्रमा भ्रमण गरेको भए बेलायत प्रवेश गर्न पाउनेछन् ।

मंगलबारसम्म बेलायत प्रवेश गर्ने नेपालीले भने १० दिनसम्म क्वारेन्टिन बस्नुपर्नेछ भने ८ दिनमा पीसीआर परीक्षण गर्नुपर्नेछ ।


क्लिकमान्डु