२७ वर्षमा २५औं पटक सगरमाथाको चुचुरोमा कामी रिता शेर्पा



काठमाडौं । शुक्रबार साँझ ६ बजे कामी रिता शेर्पाले २५औं पटक सगरमाथाको सफल आरोहण गरेसँगै आफ्नै रेकर्ड तोड्न सफल भएका छन् ।

सेभेन समिटमा सिनियर क्लाइमिङ गाइडका रुपमा कार्यरत शेर्पासहित अन्य ११ जना पनि सगरमाथाको चुचुरोमा पुगेका छन् ।

उनी सन् १९९४ को मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका छन् । उनले त्यसयता २५ पटकसम्म सगरमाथाको चुचुरोमा पुगेका छन् । त्यसका साथै उनले केटु हिमाल, लोत्से हिमाल एक/एक पटक चढिसकेका छन् भने ३ पटक मनास्लु, ८ पटकसम्म चोयु हिमालको सफल आरोहण गरिसकेका छन् ।

कामी रिता शेर्पाले ८ हजार मिटरभन्दा अग्ला हिमाल सबैभन्दा धेरै पटक चढ्ने किर्तिमान समेत कायम गरेका छन् ।


क्लिकमान्डु