सनराइज बैंकको नाफा २०.८२ प्रतिशतले बढ्यो, ब्याज आम्दानी भने घट्यो



काठमाडौं । सनराइज बैंको चालु आवको तेस्रो त्रैमाससम्ममा २०.८२ प्रतिशतले बढेको छ । बैंकले गत आवको सोही अवधिमा ९३ करोड ५२ लाख ८३ हजार रुपैयाँ नाफा गरेकोमा चालु आवको सोही अवधिमा १ अर्ब १३ करोड रुपैयाँ नाफा आर्जन गरेको छ ।

तर यस अवधिमा बैंकको ब्याज आम्दानी भने घटेको छ । बैंकले गत आवको समीक्षा अवधिमा ब्याज आम्दानी २ अर्ब ९९ करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी सञ्चालन आम्दानी पनि घटेको छ । बैंकले गत आवको समीक्षा अवधिमा यस्तो आम्दानी ३ अर्ब ९३ करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी घटेर ३ अर्ब ६१ करोडमा समीति भएको छ ।

त्यसैगरी सञ्चालन भने बढेको छ । गत आवमा १ अर्ब ३३ करोड सञ्चालन नाफा गरेको बैंकले चालु आवको सोही अवधिमा सञ्चालन नाफा १ अर्ब ६८ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकले समीक्षा अवधिमा निक्षेप पनि बढाएको छ । गत आवको समीक्षा अवधिमा ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा १ खर्ब १ अर्ब रुपैयाँ संकलन गरेको छ ।

त्यसैगरी कर्जा प्रवाह पनि समीक्षा अवधिमा बढेको छ । गत आवको समीक्षा अवधिमा ८१ अर्ब १ करोड कर्जा प्रवाह भएकोमा चालु आवको सोही अवधिमा कर्जा प्रवाह बढेर ९३ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ ।

बैंकको रिजर्भमा ३ अर्ब ५४ करोड ८१ लाख रुपैयाँ छ भने वितरणयोग्य नाफा ३१ करोड ९३ लाख रुपैयाँ छ ।

बैंकको खराब कर्जा १.९४ प्रतिशत, कस्ट अफ फण्ड ४.९८ प्रतिशत, सीसीडी रेसियो ७८.६३ प्रतिशत, बेसरेट ७.२३ प्रतिशत र स्प्रेड रेट ३.६८ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.८८, मूल्य आम्दानी अनुपात २०.५३, प्रतिसेय नेटवर्थ १५२.३७ छ ।


क्लिकमान्डु