स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४.३३ प्रतिशतले घट्यो
काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको नाफा ३४.३३ प्रतिशतले घटेको छ । बैंकले चालु आवको तेस्रो त्रैमासमा प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आवको समीक्षा अवधिमा बैंकले १ अर्ब ८० करोड नाफा आर्जन गरेकोमा चालु आवको सोही अवधिमा यस्तो नाफा जम्मा १ अर्ब १८ करोड रुपैयाँ छ ।
बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ । गत आवको सोही अवधिमा बैंकले ब्याद आम्दानी २ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ८३ करोडमा सीमित भएको छ ।
त्यसैगरी सञ्चालन आम्दानी पनि घटेको छ । बैंकको गत आवको समीक्षा अवधिमा यस्तो आम्दानी ३ अर्ब ८७ करोड रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी २ अर्ब ९४ करोडमा सीमित भएको छ ।
त्यसैगरी सञ्चालन नाफा पनि घटेको छ । गत आवमा सञ्चालन नाफा २ अर्ब ५८ करोड रुपैयाँ रहेकोमा चालु आवमा सञ्चालन नाफा घटेर १ अर्ब ६९ करोडमा सीमित भएको छ ।
बैंकले निक्षेप संकलन पनि घटाएको छ । गत आवको सोही अवधिमा ९५ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरेकोमा चालु आवको सोही अवधिमा निक्षेप संकलन घटेर ७८ अर्ब ३८ करोडमा सीमित भएको छ ।
त्यसैगरी कर्जा प्रवाहतर्फ गत आवमा ५३ अर्ब ९२ करोड भएकोमा चालु आवमा बढेर ६१ अर्ब ९५ करोड पुगेको छ ।
बैंकको रिजर्भमा ५ अर्ब ७० करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ९५ करोड ५९ लाख रुपैयाँ छ ।
बैंको इपीएस १८.४१ रुपैयाँ, पीई रेसियो ३३.०३, नेटवर्थ प्रतिसेयर १८६.९५ रुपैयाँ, खराब कर्जा ०.५० प्रतिशत, कस्ट अफ फन्ड ३.४५ प्रतिशत, सीसीडी रेसियो ७४.६५ प्रतिशत छ । त्यसैगरी बेसरेट ५.३३ प्रतिशत र स्प्रेड रेट ४.०५ प्रतिशत छ ।