नेपाल एसबीआई बैंकको नाफा ३९ प्रतिशतले घट्यो



काठमाडौं । अधिकांश वाणिज्य बैंकको नाफा बढ्दा नेपाल एसबीआईको नाफा ३९ प्रतिशतले घटेको छ । बैंकले प्रकाशित गरेको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार बैंकको नाफा ३८.९० प्रतिशतले घटेको छ ।

बैंकले गत आवको समीक्षा अवधिमा १ अर्ब ४३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालु आवको सोही अवधिमा नाफा घटेर ८७ करोड ८६ लाखमा सीमित भएको छ ।

बैंकको समीक्षा अवधिमा ब्याज आम्दानी पनि उल्लेख्य घटेको छ । गत आवको समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३ अर्ब १३ करोड ९८ लाख रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो ब्याज आम्दानी घटेर १ अर्ब ९५ करोड ७८ लाख रुपैयाँमा सीमित भएको छ ।

त्यसैगरी सञ्चालन खर्च पनि घटेको छ । गत आवको समीक्षा अवधिमा बैंकको सञ्चालन आम्दानी ३ अर्ब ९० करोड रुपैयाँ रहेकोमा चालु आवको सोही अवधिमा यस्तो आम्दानी घटेर २ अर्ब ९९ करोड रुपैयाँमा सीमित भएको छ ।

बैंकको समीक्षा अवधिमा निक्षेप संकलन पनि घटेको छ । गत आवमा १ खर्ब १० अर्ब निक्षेप संकलन गरेको बैंकले चालु आवको सोही अवधिमा निक्षेप संकलन १ खर्ब १ अर्बमा सीमित गरेको छ ।

त्यसैगरी कर्जा प्रवाहतर्फ बैंकले झिनो वृद्धि गरेको छ । बैंकले गत आवको समीक्षा अवधिमा कर्जा प्रवाह ८९ अर्ब ६१ करोड रुपैयाँ गरेकोमा चालु आवको सोही अवधिमा यस्तो कर्जा प्रवाह बढाएर ९५ अर्ब ९२ करोड रुपैयाँ पुर्याएको छ ।

बैंकको रिजर्भमा ४ अर्ब ८० करोड रुपैयाँ छ भने वितरणयोग्य नाफा ४४ करोड ४६ लाख रुपैयाँ छ ।

बैंकको इपीएस १२.३४, खराब कर्जा ०.२३ प्रतिशत, कस्ट अफ फण्ड ५.३४ प्रतिशत, सीसीडी रेसियो ७६.९८ प्रतिशत, बेसरेट ७.४ट प्रतिशत र स्प्रेड रेट ३.३३ प्रतिशत छ ।


क्लिकमान्डु