कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक



काठमाडौं । कूलप्याडले कूलप्याड कूल १० को नयाँ स्टोरेज भेरियन्ट नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि कूलप्याडको आधिकारिक आयातकर्ता तथा बितरक कम्पनी एसडी इन्टरनेशनल प्रालिले कूल १० को नयाँ भेरियन्ट ल्याएको हो ।

यो फोनमा कूल १० को समानता फिचर छन् । फोनमा १२८ जीबीको आन्तरिक भण्डारण थप गरिएको छ । कूलप्याड कूल १० को नयाँ संस्करणको बजार मूल्य १८ हजारर ४९५ रुपैयाँ तोकिएको छ । यो फोन सूपथ मूल्यमा बजेट स्मार्टफोन खोज्ने जो कोहीलाई सस्तो विकल्पको रूपमा आएको छ ।

एसडी इन्टरनेशनलका जनरल म्यानेजर कर्पोरेट हेड उपेन्द्र शाहले नेपालीहरुले कूलप्याडका स्मार्टफोनहरु बजारमा निकै रुचाउनुभएको हुँदा नयाँ भेरियन्ट ल्याएको जानकारी दिए ।

‘हामीले बजारमा कूलप्याडका कूल ५, कूल एन सेभेन प्लस, कूल १० कूल एस कूल एक्स, कूल ६ लगायतका फोनहरु बिक्री गरिरहेका छौं, अहिलेको कूल १० को ४ जीबी र्याम र १२८ जीबी स्टोरेजले ग्राहकहरुलाई सन्तुष्ट पार्नेछ, उनले भने ।

कूलप्याड कूल १० मा प्रिमियम ग्लास बडीको साथ एक भव्य आकर्षक देखिने फोन हो । यो केही मजेदार ढाँचा र स्लगहरूमा आउँदछ जस्तै सिसेल सेतो र साइन्स निलो । यसमा लगभग शुन्य बेजेलका साथमा ६.५२ इन्चको वाटर ड्रप एचडी प्लस डिस्प्ले उपलब्ध छ ।
फोन पछिल्लो भागमा ट्रिपल क्यामरा सेटअप प्याक रहेको छ । जसमा १६ मेगापिक्सेलको

अटोफोकस मुख्य क्यामराका साथै ०.३ मेगापिक्सेलको डेप्थ सेन्सर प्लस ०.३ मेगापिक्सेलको म्याक्रो सेन्सर छ । सेल्फीका अघिल्लो भागमा ८ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ ।

स्मार्टफोनमा हेलियो पी६० चिपसेट राखिएको छ भने एन्ड्रोइड १० मा आधारित भएर संचालन हुनेछ ।

फोनमा पावर दिनका लागि शक्तिशाली ५,००० एमएएच ब्याट्री प्याक राखिएको छ । त्यसैगरि कूल १० मा फोरजी सपोर्ट, लाइट सेन्सर, प्रोक्सिमिटी सेन्सर, साइड फिंगरप्रिन्ट, फेस अनलक, ड्यूल सिम र टाइप सी पोर्ट लगायतका फिचरहरु राखिएको छ ।

यो फोनको ४ जीबी र्याम र ६४ जीबी स्टोरेज भेरियन्ट पनि बजारमा उपलब्ध रहेको छ । जसको बजार मूल्य १६ हजार ५९५ रुपैयाँ तोकिएको छ ।


क्लिकमान्डु