संदिग्ध गतिविधि रोक्न इन्स्टाग्रामले ल्यायो नयाँ फिचर



सामाजिक सञ्जाल इन्स्टाग्रामले टिनएजर्सलाई सुरक्षित राख्ने ध्येयका साथ नयाँ सेक्युरिटी फिचर ल्याएको छ । उसले समाजिक सञ्जालाई विकृतिरहित बनाउने ध्येयका साथ पहिलो चरणमा नयाँ फिचर सार्वजनिक गरेको हो । उसले छिट्टै नै यस्ता फिचर उपलब्ध हुने जनाएको छ ।

नचिनेका कुनै पनि व्यक्तिलाई म्यासेज पठाउन नसक्ने गरी उक्त फिचर थप गर्न लागिएको हो । सुरक्षामा काफी गम्भीरता देखाउने लक्ष्यका साथ उसले नयाँ फिचर सार्वजनिक गर्न लागेको हो । विशेषगरी बालबालिका तथा टिनएजर्सलाई सुरक्षाका लागि अभिप्रेरित गर्ने लक्ष्यका साथ इन्टाग्रामले प्रक्रिया अगाडि बढाएको हो ।

इन्स्टाग्रामले मंगलबार आफनो नयाँ प्रविधिको बारेमा जानकारी दिएको हो । जसको ध्येय भनेको कम उमेरका बालबालिकालाई अकाउण्ट बनाउन रोक्ने नै रहेको छ । यस्तै वयस्कलाई युवा तथा कम उमेरका मानिसहरुको सम्पर्क नहुने गरी समेत रोक्न लागिएको जनाइएको छ ।

कम उमेरका बालबालिकालाई इन्स्टाग्रामको अकाउण्ट खोल्न नदिने उद्देश्य त्यसमा अन्तरनिहित रहेको छ । कम उमेरका बालबालिकाले अकाउण्ट बनाउन खोजेको खण्डमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधिको उपयोग गरेर साइन अपको समयमा प्रयोगकर्ताको उमेर पत्ता लगाउनेछ ।

कम्पनीले बताएको छ कि कम उमेरमा बालबालिका सामाजिक सञ्जालको अनाधिकृत प्रयोग तथा दुव्र्यवहारमा नपरुन् भन्ने ध्येय राखेका छ ।

उमेर झुक्याएर वा गलत विवरण राखेर अकाण्ट बनाउनेलाई समेत इन्स्टाग्रामले प्रवेश नदिने गरी तयारी गरेको छ । सुरक्षाको फिचरका लागि यो नै सबैभन्दा उत्तम विकल्प भएको कम्पनीको दावी हो ।

यस्तै कुनै वयस्कले संदिग्ध व्यवहार गरेको खण्डमा अलर्ट गराउने फिचर पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । बढी भन्ढा बढी निजी म्यासेज गरिएको खण्डमा पनि अलर्ट गर्न सक्ने फिचर राखिएको छ । नयाँ फिचर अनुसार कुराकानी बन्द गर्न, संदिग्धलाई ब्लक गर्न वा रिपोर्ट गर्न वा प्रतिबन्ध लगाउन सक्ने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु