मोबाइल इन्टरनेट स्पीडमा नेपालको बरियतामा सुधार



काठमाडौं । नेपालमा मोबाइल इन्टरनेटको स्पीड सुधार भएको देखिएको छ ।

इन्टरनेट स्पीड टेस्ट गर्ने प्लेटफर्म स्पीड टेस्ट ग्लोबल इन्डेक्सले जारी गरेको सन् २०२१ फेब्रुअरीको तथ्यांकमा नेपालको मोबाइल इन्टरनेट स्पीडको बरियतामा सुधार भएको देखिएको हो ।

नेपालमा मोबाइल इन्टरनेटको स्पीडको वरियतामा फड्को उछाल हासिल गरेपनि फिक्स्ड ब्रोडब्याण्ड बरियाता भने खस्केको छ ।

नेपालको मोबाइल इन्टरनेट स्पीड वरियता फेब्रअरी महिनामा १८ स्थानले सुधार गर्दै ९६ स्थानमा उक्लेको छ । जनवरीमा नेपालको मोबाइल इन्टरनेट स्पीडको वरियता ११४ स्थानमा थियो । मोबाइल इन्टरनेटको अधिकतम डाउनलोड स्पीड २१.२८ एमबीपीएस छ । अपलोड स्पीड भने १३.०७ एमबीपीएस छ । ल्याटेन्सी २८ मिलिसेकेन्ड्स छ ।

फिक्स्ड ब्रोडब्याण्डको स्पीडको बरियता भने खस्किएको छ । जनवरी महिनाको तुलनामा फेब्रुअरीमा फिक्स्ड ब्रोडब्याण्डको स्पीडको बरियता एक स्थान तल झर्दै एक सय १४ मा पुगेको छ ।

ब्रोडब्याण्डको अधिकतम डाउनलोड स्पीड २५.४२ एमबीपीएस रहेको र अपलोड स्पीड २३.९० एमबीपीएस छ । फिक्स्ड ब्रोडब्याण्डको १३ मिलिसेकेन्ड्स छ ।

इन्डेक्सले मोबाइलको १४१ देश र फिक्स्ड ब्रोडब्याण्डमा १७५ देशको स्पीडको स्पीड वरियता तथ्यांक सार्वजनिक गरेको हो ।

मोबाइल इन्टरनेटमा सबैभन्दा राम्रो स्पीड यूएईमा पाइएको छ । यूएईको डाउनलोड स्पीड १७७.१७ र उपलोड २८.६६ छ । ल्याटेन्सी २३ मिलिसेकेन्ड्स रहेको छ ।

फिक्स्ड ब्रोडब्याण्डमा सिंगापुर पहिलो स्थानमा छ । सिंगापुरको डाउनलोड स्पीड २३८.५९ एमबीपीएस र उपलोड २२४.३१ छ । ल्याटेन्सी १३ मिलिसेकेन्ड्स रहेको छ ।


क्लिकमान्डु