सामसुङ ग्यालेक्सी ए१२ बजारमा, मूल्य कति ?



काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसुङले ए सिरिज अन्तर्गत ग्यालेक्सी ए१२ स्मार्टफोन नेपाली बजारमा सार्वजनिक भएको छ । सामसङ ग्यालेक्सी ए१२ ट्रयू ४८ मेगापिक्सेल क्वाड क्यामरा, ६.५ इन्च एचडीप्लस इन्फिनिटी–भी डिस्प्ले, शक्तिशाली ५००० एमएएच ब्याट्रीको साथ उपलब्ध छ ।

‘हामी सामसुङमा निरन्तर नयाँ आविष्कारहरु र मूल्य बीचको अन्तरलाई कम गर्न लागि रहेका छौं । यसै कुरालाई मध्यनजर गर्दै सुलभ मूल्यमा नेपाली ग्राहकहरुलाई स्मार्टफोनमार्फत दैनिक जीवनयापनलाई अझै सहज बनाउन लागि परेका छौं । हामीले नयाँ स्मार्टफोन प्रस्तुत गर्न पाउँदा अत्यन्त खुशी भएका छौं । सुलभ मूल्यमा ग्यालेक्सी ए सिरिजको लिगेसीलाई अगाडि बढाइएको छ’, सामसङ नेपालका मोबाइल बिजिनेस प्रमुख प्रणयरत्न स्थापितले बताए ।

ट्रयू ४८ मेगापिक्सल क्वाड क्यामरा
फोटोग्राफीमा जीवन्त अनुभव प्रदान गर्न ग्यालेक्सी ए१२ मोबाइलमा ट्रयू ४८ मेगापिक्सल क्वाड क्यामरा राखिएको छ । ४८ मेगा पिक्सेलको हाई क्वालिटी प्रदान गर्न ट्रयू ४८ मेगापिक्सेल प्राइमरी रेन्समा आईसोसेल जीएम२ सेन्सर राखिएको छ ।

यसले हरेक फोटोहरु स्पष्ट एवं उत्कृष्ट क्वालिटीको खिच्न सक्दछ । त्यसैगरी क्यामरामा भएको ५मेगापिक्सेल अल्ट्रा–वाइड क्यामराले जीवन्त ल्याण्डस्केप तस्वीर खिच्दछ भने यसको माइक्रो लेन्सले क्लोजअप सटलाई उत्कृष्टता प्रदान गर्दछ । यसका साथै ए१२ मा भएको डेप्थ क्यामराले फोकस गर्र्न र ८ मेगापिक्सलको फ्रन्ट क्यामराले उत्कृष्ट सेल्फी खिच्ने स्वतन्त्रता प्रदान गर्दछ ।

अनइन्टरपटेट उत्कृष्ट अनुभव
नयाँ ग्यालेक्सी ए१२ मा द्दण्स्ढ को एस्पेक्ट रेसियोको साथ ६.५ इन्च एचडीप्लस इन्फिनिटी–भी डिस्प्ले छ । जसले क्ल्यारिटीको साथ अनइन्टररुप्टेड भियूङ एक्सपिरेनस प्रदान गर्दछ । १५ वाटको फास्ट चार्जिङ्गको साथ ५००० एमएएच ब्याट्रीले लामो समयसम्म विषयवस्तु अवलोकन गर्न र छिट्टै ब्याट्री चार्ज गर्न सकिने सुविधा प्रदान गर्दछ ।

उत्कृष्ट एवं पृथक डिजाइन एवं स्टाइल
नयाँ ग्यालेक्सी ए१२ को अर्को प्रमुख विशेषता भनेको यसको आकर्षक डिजाइन, हातमा लिन सजिलो तथा क्लासिक म्याट फिनिसिङ्ग हो । यसको म्याट फिनिसिङ्गले फोनको लुक एण्ड फिललाई क्लासिक बनाउनुको साथै आकर्षक बनाएको छ ।

थुप्रै आकर्षक विशेषताहरु
यसका साथै ग्यालेक्सी ए१२ मा विभिन्न विशेषता साइड फिङ्गर प्रिन्ट सेन्सर, एन्ड्रोइड १०, वान यूआई कोर २.५ तथा मिडियाटेक हेलियो पी३५ प्रोशेसरलगायतका विशेषता छन् ।

मूल्य तथा उपलब्धताः
कालो, नीलो तथा रातो गरी यो फोन विभिन्न तीन आकर्षक रंगहरुमा उपलब्ध रहेको छ । यो फोन ४जीबी र्याम र ६४ जीबी स्टोरेजको मूल्य १८ हजार ९९९ रुपैयाँ तथा ४ जीबी र्याम र १२८ जीबी रोमको मूल्य १९ हजार ९९९ रुपैयाँ तोकिएको छ । फोन नेपाल अधिराज्यभर रहेका सामसङको आधिकारिक ब्राण्ड सप तथा रिटेल स्टोरहरुबाट खरिद गर्न सकिने छ ।


क्लिकमान्डु