लक्षित विज्ञापनमा गुगलको कडाइ, अब क्रोम ब्राउजरमा थर्ड पार्टीले कुकिज ट्रयाक गर्न नपाउने



प्रयोगकर्ताका बीच गोपनीयताको बढ्दो चिन्तालाई मध्यनजर गर्दै गुगलले क्रोम वेव ब्राउजरलाई कुकिजको थर्ड पार्टी ट्रयाकिङ बन्द गर्ने योजना बनाएको छ ।
कम्पनीले क्रोमलाई पनि थर्ड पार्टी कुकिज ब्लक गरेर सफारी तथा फायरफक्सको सूचिमा राख्ने योजना बनाएको छ ।

गुगलका अनुसार उसले कुनै पनि अन्य फिचरसँग पनि थर्ड पार्टी कुकिजलाई रिप्लेस गर्ने छैन । जुन समानरुपमा प्रयोगकर्ताको गतिविधि तथा गोपनीयतालाई प्रभावित गर्छ ।

के हो कुकिज ?
एटीटीपी कुकिज जसलाई वेव कुकिज वा इन्टरनेट कुकिजका रुपमा पनि चिनिन्छ । यो डाटाको सामान्य जानकारी हो । जसलाई वेवसाइटका माध्यमबाट ब्राउज गर्दा प्रयोगकर्ताको कम्प्युटरमा ब्राउजरद्वारा स्टोर हुन्छ । कुकिज प्रयोगकर्ताको पछिल्लो ब्राउजिङ गतिविधि रेकर्ड गरेर राख्छ । यी फरक फरक प्रकारका हुन्छन् ।

अथेन्टिकेसन कुकिज जुन निकै महत्वपूर्ण हुन्छ । प्रयोगकर्ताले जुन खाताबाट लग इनगर्छन् यसले ती चिजहरुलाई ध्यान दिन्छ । ताकी वेवसाइटलाई थाहा होस् कि संवेदनशिल जानकारी सेयर गर्न सकिन्छ वा सकिन्न ।

दोस्रो ट्रयाकिङ कुकिज हुन्छ । जुन प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्रीलाई लामो समयसम्म मेन्टेइन गरेर राख्छ । फस्र्ट पार्टी कुकिज ती डोमेनद्वारा राखिन्छ । जसलाई प्रयोगकर्ताले पहिले नै खोलेका हुन्छन् ।

त्यसैगरी थर्ड पार्टी कुकिजमा प्रयोगकताले खोलेको डोमेनभन्दा फरक डोमेनमा राखिन्छ । जसलाई आमरुपमा कम्प्युटरमा राखिन्छ । जबकी प्रयोगकर्ताद्वारा खोलिएका डोमेन विज्ञापन जस्ता बाहिर डोमेनबाट कन्टेन्ट होस्ट गर्छ ।

यी कुकिजमा के समस्या छ ?
थर्ड पार्टी कुकिज एक विज्ञापनदातालाई कुकिजको सहयोगमा प्रयोगकर्ताको ब्राउजिङ हिस्ट्री बनाउनका लागि अनुमति दिन्छ । यसबाट विज्ञापनदाताहरु ती वेवसाइटमा प्रयोगकर्ताको गतिविधिहरु ट्रयाक गर्न सक्षम हुन्छन । जहाँ उनीहरुले आफ्नो विज्ञापन राखेका हुन्छन् । यसमा विज्ञापनदाताका अनुसार लक्षित प्रयोगकर्तालाई मात्रै विज्ञापन गरिन्छ ।

सफारी तथा फायरफक्स जस्ता ब्राउजसले डिफल्टररुपबाट थर्ड पार्टी कुकिजलाई ब्लक गरेका छन् । क्रोमले अब प्रयोगकर्तालाई थर्ड पार्टी कुकिजसँगै फस्र्ट पार्टी कुकिजलाई पनि ब्लक गर्ने अनुमति दिएको छ । र, यसलाई सन् २०२२ सम्ममा पूर्णरुपमा रोलआउट गर्ने योजना बनाइएको छ ।

गुगलको एक्सन
गत वर्ष गुगलले थर्ड पार्टी कुकिजलाई ब्लक गर्ने निर्णयसँगै प्रयोगकर्ताको गोपनीयताका बारेमा जागरुकता बढाएको देखिएको छ । यसैकारण सफारी तथा फायरफक्स लोकप्रिय भए किनभने यी ब्राउजरले क्रस–साइट ट्रयाकिङका विरुद्ध बलियोसँग उभिएका छन् ।

गुगलले यो परिवर्तनलाई ढिला गरी ल्याएको छ किनभने यसको आम्दानी ठूलो मात्रामा विज्ञापन व्यवसायबाट आउँछ । थर्ड पार्टी कुकिजलाई ब्लक गर्नु भनेको विज्ञापनदाताको विरुद्धमा हुनेछ । यसैकारण गुगलले आफ्नो रेभेन्यूमा ठूलो नोक्सानी नपुर्याइकन प्रयोगकर्ताको ट्रयाकिङलाई कम गर्ने तरिका खोजिरहेको छ । यद्यपि अब यस्तो लाग्छ कि गुगलले यी कुकिजलाई ब्लक गर्नुको अर्को कुनै विकल्प छैन । एजेन्सी


क्लिकमान्डु