अबदेखि न्यूनतम ब्याण्डविथ ५ एमबीपीएस



काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले ब्रोडब्याण्ड इन्टरनेटको ब्याण्डविथ ५ एमबीपीएस बनाउने भएको छ । ब्रोडब्याण्ड नीति २०७१ बमोजिम ग्रामीण क्षेत्रमा ५१२ केबीपीएस ब्याण्डविथलाई ब्रोडण्याण्ड इन्टरनेटको रुपमा परिभाषित गरिदै आइएको छ ।

प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले प्राधिकरणको २३औं वार्षिकोत्सवमा ५१२ केबीपीएस ब्याण्डविथले हालको सन्दर्भमा नपुग भएकाले त्यसलाई बढाएर ५ एमबीपीएस पुर्याइने बताएका हुन् ।

‘इन्टरनेटको गति अपुग भएको जनगुनासो आएको छ । ५१२ केबीपीएस गतिको इन्टरनेटले ग्राहकको आवश्यकता सम्बोधन हुँदैन’, खनालले भने, ‘यसलाई कम्तीमा ५ एमबीपीएस ब्याण्डविथ पुर्याउनुपर्छ,’ उनले भने ।

५ एमबीपीएस ब्याण्डविथ नेटवर्क बिस्तार गर्ने काम भइरहेको उनले बताए बताए ।

यसका लागि दूरसञ्चार नीति, ब्रोडब्याण्ड नीति र सूचना तथा सञ्चार प्रविधि नीति समय सापेक्ष परिमार्जन गरी एकीकृत नीति निर्माण गर्न एकीकृत नीतिको मस्यौदा तयार पार्ने काम भइरहेको छ । एकीकृत नीतिको मस्यौदा तयारगरी सरकार समक्ष सिफारिस गर्ने प्रक्रियाको थालनी भइसकेको खनालले बताए ।


क्लिकमान्डु