लुम्बिनी प्रदेशको सिद्धार्थनगरमा क्युआर कोड भुक्तानीको शुरुवात



काठमाडौं । लुम्बिनी प्रदेशका बजारहरुमा तरकारी तथा फलफुलका स(साना पसलमा खरिद गर्दा वा रिक्सा चढ्दा अब नगद नचांहिने भएको छ । नविल बैंक र शाइन रेसुङ्गा बैंकको सहकार्यमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला सिद्धार्थनगरमा क्युआर (क्वीक रेस्पोन्स) कोडको माध्यमबाट भुक्तानी प्रणाली शुरु गरेको हो ।

विद्युतिय भुक्तानी प्रणालीलाई प्रवद्र्धन गर्ने उद्येश्यले केन्द्रिय बैंकले शुरु गरको अभियान अन्तर्गत सिद्धार्थनगरका स(साना तरकारी तथा फलफुल पसल, खुद्रा पसलमा सरसामान खरिद गर्दा तथा ई(रिक्सा सेवा प्रयोग गरे बापत गरिने भुक्तानीमा क्युआर कोड प्रयोग गरी उपभोक्ताले आफ्र्नो खाताबाट भुक्तानी गर्न सक्ने छन् । जसमा कुनै अतिरिक्त शुल्क नतिरी सेवा प्रदायकको खातामा रकम भुक्तानी गर्न सकिने छ ।

सिद्धार्थनगर कार्यालयकोे पहलमा तरकारी तथा फलफुल बजारमा तथा यहां सन्चालित ई-रिक्साहरुमा क्यूआर कोड भुक्तानीको सुरुवात राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदिप फुयालले गत हप्ता अलग अलग कार्यक्रम गरी गरेका हुन् ।

सिद्धार्थनगरको बीपि पथमा रहेको स्थायी तरकारी बजार क्षेत्र भित्रका तरकारी एवम् फलफुलका पसलहरुमा दैनिक थोक तथा खुद्राव्यापारमा करिब तिनसय पचास भन्दा बढी ब्यापरीहरुका पसल सन्चालनमा रहेका छन् । साथै सो क्षेत्रमा करिब दूईसय भन्दा बढीईरिक्सा चालकहरु संघमा आबद्ध भई सञ्चालनमा रहेका छन् ।

क्यूआर कोड प्रणालीबाट भुक्तानी गर्ने कार्यको विस्तार गर्न बैंकहरुसंग अन्तरक्रिया

लुम्बिनी प्रदेशमा डिजिटल बैंकिङ्ग प्रवद्र्धन गर्न तथा संघिय सरकार एवम् प्रदेश सरकारका बैंक वित्तीय संस्था मार्फत गरिने कार्यक्रमहरुको सफल कार्यान्वयन गरी लक्षित समुहसम्म सेवा पुर्याउने उद्धेश्यले यस प्रदेशमा रहेको बाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएकोे थियो ।

 

 

राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयले सो प्रदेशमा रहेको बाणिज्य बैंकका प्रदेश प्रबन्धक, विकास बैंक र लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसंग अन्तरक्रिया कार्यक्रमको आयोजना गरि यस प्रदेशमा यस्ता कार्यक्रमहरु सन्चालन गर्न र लागानीलाई पनि कार्यक्रम केन्द्रित गराउन सबै बैंक तथा वित्तीय संस्थाहरुलाई आग्रह गरिएको हो ।


क्लिकमान्डु