शाओमीको आधिकारिक सर्भिस सेन्टर शुरु



काठमाडौं । शाओमी ग्लोबल टेक्नोलोजी लिडरले आज नेपालमा आफ्नो नयाँ आधिकारिक सर्भिस सेन्टरको घोषणा गरेको छ । उक्त सर्भिस सेन्टर काठमाडौंको आईप्लेक्स मलमा सञ्चालनमा ल्याइएको हो ।

शाओमीका अन्य सर्भिस सेन्टरहरु पोखरा, नारायणगढ, नेपालगञ्ज र इटहरीमा छन् ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर शौरभ कोठारीले शाओमी नवीनतम प्रविधिको पहुँच पुर्याउन केन्द्रित भएको भन्दै बिक्रीपछिको सेवा शुरु गरिएको बताए ।

यो सर्भिस सेन्टर समुद्घाटन अवसरमा शाओमी नेपालले शाओमीका सबै उत्पादहरूमा निशुल्क सर्भिस क्याम्प, वारेन्टी कार्ड भएका सम्पूर्णका लागि एक हप्तासम्म प्रदान गर्नेछ ।


क्लिकमान्डु