कार्नेज इस्पोर्टस पीएमसीओ नेपाल समूह चरणको विजेता, यी हुन् फाइनल खेल्ने १० टिम



काठमाडौं । कार्नेज इस्पोर्ट्स पब्जी मोबाइल क्लब ओपन (पीएमसीओ) नेपाल २०२१ स्प्रिङ स्पिल्ट समूह चरणको विजेता भएको छ ।

समग्र तालिकामा शीर्ष १० टोली पीएमसीओ फाइनलका लागि छनोट भएका छन् । यी छनोट भएका टोली ६ वटा आमन्त्रित टिमसँग प्रतिष्पर्धा गर्नेछन् ।

समूह चरण सन् २०२१ फेब्रुअरी १६ देखि फेब्रुअरी २१ सम्म आयोजना भएको छ । ३२ वटा टिमलाई चार वटा समूहमा विभाजन गरिएको थियो । एक दिनमा चार खेल खेलाइएको थियो । प्रत्यक टिमले १२ खेल खेलेका थिए ।

पीएमसीओ नेपालको फाइनल सन् २०२१ फेब्रुअरी २४ देखि फेब्रुअरी २८ सम्म हुनेछ । फाइनमा प्रत्येक टिमले २० खेल खेल्नेछन् । शीर्ष ३ मा पर्ने टिमले पब्जी मोबाइल प्रो लिग एसथ्री साउथ एसियाका लागि छनोट हुनेछन् । त्यसमा नेपाल, पाकिस्तान, बंगलादेशलगायत दक्षिण एसियाका उत्कृष्ट पब्जी टिमले प्रतिष्पर्धा गर्नेछन् ।

यी हुन् शीर्ष १० टिम
कार्नेट इस्पोर्ट्सले ९५ किलसहित १९२ अंक हासिल गरेर समूह चरणमा शीर्ष स्थान हासिल गरेको हो । दोस्रो स्थानमा रहेको भाइब्स इस्पोर्टसले १९० अंक र तेस्रो स्थानमा रहन सफल एकता इस्पोर्टसले १३८ अंक ल्याएको छ ।

टिम कप्स्, ड्रिम ह्याकर्स् इस्पोर्ट्, हरामी, हाइप इस्पोर्ट्स, केविन इस्पोर्ट्स, ट्रष्ट डी प्रोसेस र एच२ओ इस्पोर्ट्स चौथोदेखि शीर्ष १० मा पर्न सफल टिम हुन् ।

पुरस्कार राशी
पीएमसीओ नेपाल २०२१ स्प्रिङ स्पिल्ट समूह चरणको कुल पुरस्कार राशी २९ हजार २०० अमेरिकी डलर (३३ लाख ८५ हजार ७४० रुपैयाँ) रहेको छ ।

विजेता टिमले ३ हजार ९०० अमेरिकी डलर ( करिब चार लाख ५२ हजार रुपैयाँ) जितेको छ । दोस्रो हुने टिमले २३ सय अमेरिकी डलर (करिब २ लाख ६६ हजार रुपैयाँ) र तेस्रो हुने टिमले १९ सय अमेरिकी डलर (करिब २ लाख २० हजार रुपयाँ) जित्न सफल भएको छ ।


क्लिकमान्डु