कोरोनाले संकटमा धकेलेको व्यवसायलाई सुधार गर्न के गर्नुपर्ला ?
गएको एक वर्ष संसारलाई नै कोरोना महामारीले नराम्ररी गाजेको छ । अर्थतन्त्र चौपट भयो । व्यापार व्यवसायमा समेत नकारात्मक दिनहरु आए । मानिसका रोजगारी खोसिए । जीवन संकटग्रस्त भयो । कतिपय देशको कूल ग्राहस्थ उत्पादन समेत नकारात्मक अवस्थामा पुग्यो ।
किनकी महामारीले हरेक मानिसलाई घरभित्रै सिमित गरिदियो ।
पछिल्ला दिनमा संसारभर नै कोरोना विरुद्धको खोपको आविस्कार भएको छ । खोप लगाउने क्रम संसारका धेरै देशका पुगेको छ । अफ्रिाकाका केही देशमा भने खोपको विषयमा हालसम्म कुनै पनि प्रयास भएको छैन ।
संसारका झण्डै ९० देशमा कोरोनाको खोप उपलब्ध गराउने विषयमा विभिन्न दातृ निकायले समेत सहयोग गर्ने जनाएका छन् । यस्तै, अन्तर्राष्ट्रिय साझेदारहरुले समेत खोपको बारेमा काम गरिरहेका छन् । सहायोगी मनहरु पनि देखिएका छन् । उनीहरुले खोपका लागि काम गरिरहेका छन् ।
कोरोनाले चौपट पारेको व्यवसायलाई अगाडि बढाउने सन्दर्भमा नयाँ नयाँ आयामहरु पनि अगाडि आएका छन् ।
उनीहरुले कोरोनाले प्रभावित पारेको व्यवसायलाई कसरी अगाडि बढाउने भन्ने बारेमा नयाँ खालका सन्दर्भ सामग्रीहरु पनि तयार पारेका छन् । कुन विषयलाई बढी ध्यान दिने र कसरी व्यवसाय प्रवद्र्धन गर्ने भन्ने बारेमा उनीहरुले आ आफनो सापेक्षतामा केही साझा सुझाव दिएका छन् ।
ती सुझावलाई ध्यान दिन सकेको खण्डमा पनि कोरोना प्रभावित व्यवसायमा नयाँ खालको बहार आउन सक्छ । किनकी, संकटबाट भर्खर उठ्दै गरेको व्यवसायलाई केही नयाँ तरिकाले सोच्नु पनि निक्कै ठूलो काम हुन जान्छ ।
व्यापार व्यवसाय र संसारका धनीहरुको विषयमा समाचार सामग्री प्रकाशित गर्दै आएको विश्वप्रसिद्ध पत्रिका फोब्र्सले केही यस्ता सामग्री प्रकाशित गरेको छ । जसले संकटपछिकाो व्यवसायमा के कस्ता विषयमा ध्यान दिने भन्ने विषयलाई केन्द्रीत गरिएको छ ।
के धनी, के गरिब, के विकसित, के विकासशिल सबै देशमा कोरोनाले पारेको संकटका कारण भयावह अवस्थामा पुगेको अर्थतनत्रलाई सुधार गर्ने ध्येयका साथ केही यस्ता आइडिया अगाडि सारिएको छ । त्यो आइडियाले नै मानिसलाई सहज रुपमा अगाडि बढाउने मार्ग प्रशस्त गर्न सक्छ ।
सन् २०२० मा संसारभर नै कोरोना महामारी, सामाजिक तथा राजनीतिक क्षेत्रमा देखा परेका अनेकन उल्झन तथा वातावरणीय समस्याका कारण विश्व बजार नै समस्यामा पर्यो । कतिपय अवस्थामा त असाध्यै बलिया भनिएका व्यवसायी समेत महामारीको चपेटामा परे ।
जलवायु परिवर्तन सबैभन्दा विषम् चुनौतीको रुपमा खडा भएको छ । त्यसले घरेलुरुपमा मात्रै नभई अन्तर्राष्ट्रिय रुपमा समेत समस्या सिर्जना गरिदिएको छ ।
ग्लोबल रेसिलेन्स रिपोर्ट, २०२१ का अनुसार संसारका कूल १० मध्ये ६ ले आगामी दिनमा व्यवसायलाई तिव्रता दिन समस्या आउने देखाएको छ । जलवायु परिवर्तनका कारण वातावरणीय दिगोपनामा देखा परेको समस्यालाई समाधानका लागि नयाँ नयाँ सोच र रणनीति जरुरी पर्दछ ।
स्वास्थ्य सुरक्षा र रोगबाट जोगिनका लागि शिक्षा तथा अन्य तालिमको जरुरी रहेको व्यवसायीक नेताहरुले जोड दिएका छन् । विवरणअनुसार सम्पत्तिमा रहेको असमानता तथा प्रणालीमा रहेको असमानता र भेदभावका कारण झनै समस्या बढ्ने देखिन्छ । किनकी सर्वेक्षणमा सहभागीले पनि सोही विषयलाई बढ्ता ध्यान दिएका छन् ।
व्यापार, सरकार र समाजका धेरै कमजोरीलाई संकटले उजागर गरिदिएको छ । ती गल्तीहरूलाई लकडाउनका कारण थप संकट पैदा गर्ने माध्यमभन्दा अरु कुनै विषय नै बनेन । व्यापार, व्यवसायलाई सतर्कतापूर्वक पुनः थालनीको रूपमा सम्बोधन गर्नुपर्छ भन्नेमा आम रुपमा समान मत रहेको छ ।
डेलोइट ग्लोबलका प्रमुख कार्यकारी अधिकृत मिशेल परमेली भन्छन् ‘क्षतिलाई मर्मत सम्भार गर्नु महत्वपूर्ण छ, तर विश्व विगतको जस्तो अवस्थामा फर्कन पनि सहज भने तत्काल नहुन पनि सक्छ ।’
हामीसँग कामको पुनः कल्पना गर्ने र विश्वको आकार बदल्ने अवसर छ ताकि भविष्यका कठिनाइहरू भविष्यवाणी गर्न सकियोस् र व्यवस्थित गर्न सकियोस ।
मौसम परिवर्तन एक शीर्ष प्राथमिकता हो ।
मौसम परिवर्तन एक जटिल चुनौतीको रुपमा देखा परेको छ । जसलाई पर्याप्त रूपमा सम्बोधन गर्न धेरै समय लाग्नेछ । विश्व नेताहरूले निर्णायक कार्य नगरेको खण्डमा अर्थतन्त्रमा गम्भीर क्षति पुग्न सक्छ । अनुसन्धानकर्ता तथा यसका जानकारहरु भन्छन् कि मौसममा देखा परेको बदलाव तथा महामारीका कारण फरक फरकखालका जोखिम उत्पन्न भएको छ ।
जलवायु परिवर्तन विश्वव्यापी चुनौती हो । यसले लाखौलाई मात्रै नभई करोडौं मासिनलाई असर गर्न सक्छ । महामारी विरुद्ध लड्ने प्रयास भएपनि अझै केही देशमा खोप छैन । जोअ झै लामो समयसम्म पनि अपुग हुन सक्छ वा नपुग्न सक्छ । जसले समस्यालाई हल गर्ने भन्दा पनि अझै टाढा लैजान मात्रै बल दिन्छ ।
जलवायु परिवर्तन र अन्य सामाजिक मुद्दाको सामना गर्न सीएक्सओको प्राथमिकता हुनु पर्ने देखिन्छ । किनभने व्यापार सफल हुनका लागि स्वस्थ र कामकाजी समाजको आवश्यकता पर्छ ।
पार्मेलीले सुझाव दिन्छ कि छोटो अवधिमा व्यवसायका लागि वातावरणीय स्थिरतालाई केन्द्रीत गर्न केही व्यावहारिक कारण र उपायहरुको खोजी जरुरी छ । उनी भन्छन्, ‘युवा कर्मचारी सामाजिक रुपमा जिम्मेवार संगठनमा काम गर्न रुचाउँछन् । उनीहरु हरित प्रविधि, विशाल विकास क्षेत्र तथा धेरै ग्राहक तथा विक्रेताले पनि यस धर्तीको ख्याल गर्ने संस्थाहरूसँग काम गर्न चाहन्छन् ।’
वातावरणको सुरक्षा गर्नु भनेको मात्रै खास अर्थमा सही कुरा हो । यो आफैमा स्मार्ट व्यवसाय पनि हुन जान्छ ।
महामारीले २०२० मा सबै भन्दा ठूला क्षेत्रलाई समेत प्रभावित बनायो । व्यवसायिक नेताहरूले अर्को वर्ष वातावरणीय स्थिरता बढाउनको लागि विशेष कदमहरू चाल्ने योजना बनाइरहेका छन् । जुन संस्थाहरुले वर्तमानमा वातावरणीय स्थिरताका लागि काम गरिरहेका छन्, ती आफैमा पनि पुग्दा छैनन् ।
त्यसका लागि कर्मचारीहरुलाई वातावरणीय रुपमा दिगो हुन प्रशिक्षण दिनु जरुरी छ । अधिक रुपमा दिगो उत्पादन वा सेवाहरूको डिजाइन गर्नुपनि जरुरी छ ।
शून्य कार्बन उत्सर्जनको लक्ष्य राखेर वातावरणीय सुरक्षाको प्रतिबद्धता जनाउँदै स्थायित्वको सामना गरिरहेकालाई निर्णय लिन सहज बनाउने काम पनि उत्तिकै महत्वपूर्ण छ ।
धेरै कम्पनीले असमानता र प्रणालीगत पूर्वाग्रहको मुद्दाहरुमा केन्द्रित छन् । व्यवसायको विकासका लागि महामारी नियन्त्रण गर्न सामूहिक प्रतिबद्धता जरुरी छ ।
विश्वलाई दबाब दिने समस्याको सामना गर्न सहयोगको शक्ति प्रदर्शन गर्नु जरुरी छ । यो उत्तिकै महत्वपूर्ण छ कि मूर्त परिवर्तन भित्रबाटै शुरू गर्नुपर्छ । त्यसले मात्रै नजिता निकाल्न सक्छ ।