कोरोनाले रोक्यो नेपाल टेलिकमको साधारणसभा, यो पटक बोनस कि नगद लाभांश ?



काठमाडौं । नेपाल टेलिकमले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा अहिलेसम्म गरेको छैन ।

अघिल्ला वर्षहरुमा पुस मसान्तसम्ममा लाभांश घोषणा भएर साधारणसभा समेत हुन्थ्यो ।

नेपाल टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारीले कोरोनाको कारण टेलिकमका साधारणसभामा ढिलाई भएको बताए ।

‘टेलिकमको बाह्य लेखापरिक्षण गर्ने फर्मका कर्मचारीलाई कोरोना देखियो, टेलिकमको लेखापरिक्षण विभागका कर्मचारीलाई समेत कोरोना देखियो,जसले गर्दा लेखापरिक्षणमा ढिलाई भयो,’अधिकारीले भने ।

चैत मसान्तसम्ममा साधारणसभा गर्ने गरेर तयारी भएको जानकारी अधिकारीले दिए ।

टेलिकमले अहिलेसम्म लगानीकर्तालाई बोनस सेयर दिएको छैन । यो पटक बोनस सेयर दिने हल्लाको कारण टेलिकमको सेयर मूल्य पछिल्लो ६ महिनामा शतप्रतिशतभन्दा बढीले बढेको छ ।

गतवर्ष टेलिकमले ९ अर्ब नाफा कमाएको वित्तीय विवरण सार्वजनिक गरेको थियो । जुन पूर्ण लेखापरिक्षणभन्दा अगाडिको हो ।

प्रवन्ध निर्देशक अधिकारीले चैतसम्म साधारणसभा गर्ने र संचालक समितिको निर्णयको आधारमा बोनस या नगद लाभांशको निर्णय हुने बताए ।


क्लिकमान्डु