भारतको टेक उद्योगमा ४४ लाख ७० हजार कामदार आबद्ध, कोरोनाले रोकेन वृद्धिदर



एजेन्सी । कोरोना महामारीले मानिसलाई संकट मात्रै ल्याएको छैन । त्यसले नयाँ नयाँ अवसर समेत प्रदान गरेको छ । महामारीलाई अवसरमा बदल्दा त्यसले आर्थिकरुपमा समेत राम्रै आम्दानी गर्ने मेलोमेसो मिलेको छ ।

अझ प्रविधिको प्रयोग गरेर पनि कोरोनाकालमा राम्रै आम्दानी गरिरहेका छन् । नेपालमा सूचना प्रविधिको क्षेत्रमा खासै उल्लेखनीय प्रगति नभएको भए पनि भारतमा भने यस क्षेत्रमा ठूलै उथलपुथल भएको छ ।

यसले मानव जीवनमा समेत प्रभावकारी परिवर्तन ल्याइदिएको छ । भारतको टेक इन्डस्ट्रिजमा सन् २०२१ को हालसम्म २.३ प्रतिशतको वृद्धि देखिएको छ ।

त्यस्तै, १.३ लाख बराबरको नयाँ रोजगारी समेत सिर्जना भएको छ । यसले बेरोजगारी कम गर्न र प्रविधिको क्षेत्रमा काम गर्न चाहनेलाई आकर्षण समेत प्रदान गरेको छ ।

कोरोनाकालमा मात्रै १४ लाख १३ लाख करोड बराबरको रेभन्यू समेत प्राप्त भएको छ । यस्तै १३ लाख ८० हजार बराबरको थप नयाँ रोजगारी समेत प्राप्त भएको छ ।

भारतको कूल गार्हस्थ उत्पादनमा प्रविधि क्षेत्रको ८ प्रतिशतको योगदान रहेको छ । नेसकामको रिपोर्ट अनुसार प्रविधिको क्षेत्रमा आएको र देखिएको परिवर्तनको तीव्रगतिमा वृद्धि भएको छ ।

पछिल्ला दिनमा प्रविधि क्षेत्रमा मात्रै १९४ बिलियन डलर बराबरको रेभेन्यू कमाएको छ । यस्तै प्रविधिको क्षेत्रमा मात्रै ४४ लाख ७० हजार बराबर कर्मचारीले काम गरिरहेका छन् ।

यस्तै, भारतीय टेक उद्योगले जीडीपीमा ८ प्रतिशतको योगदान दिएको छ । यस्तै सेवा क्षेत्रमा ५२ प्रतिशतको हिस्सेदारी तथा प्रत्यक्ष वैदेशिक लगानीको आधारमा हेर्दा ५० प्रतिशत हिस्सा रहेको छ ।

यस्तै टेक उद्योगमा नयाँ नयाँ अवसर समेत पैदा भएको छ । पछिल्लो ५ वर्षमा मात्रै १ लाख १५ हजार बराबरको टेक पेटेन्ट समेत लिएका छन् । यस्तै क्लाउड एडप्सन समेत ८० प्रतिशत वृद्धि भएको छ ।


क्लिकमान्डु